प्रयोगकर्ताका लागि नियम तथा हाम्रा नीतिहरु
तपाई swasthyanews.com को प्रयोगकर्ता हुनुहुन्छ भने तपशिलका कुरामा ध्यान दिनुहोला ।
क - तपाई सूचनाको हकलाई सम्मान गर्नुहुन्छ ।
ख - तपाई आफ्ना लेख रचना विश्लेषण पठाउन सक्नुहुन्छ । तर पठाइएका सामाग्रीको विश्वसनियता र सत्यता तपाईको जिम्मेवारी हुनेछ । तपाईले आफ्नो भनि पठाएका सामाग्रीमाथि कसैले कुनै प्रकारको हकदाबी गरेमा सोको प्रतिवादी तपाई हुनुहुनेछ ।
ग - swasthyanews.com स्वास्थ्य सग सम्बन्धीत बिषायहरुमा खुला बहश गर्ने थलो हो । तपाई बहशमा सहभागी हुनसक्नुहुन्छ । तर, नियतबश कसैको खेदो खन्न र बद्नाम गर्न वा कसैको बढाइचढांइ गर्न यसको दुरुपयोग गर्ने चेष्टा नगर्नुहोला ।
घ - तपाई swasthyanews.com संग सम्बन्धित फेसबुक, ट्विटर, एप्स लगायतका प्रविधिको प्रयोग गर्न सक्नुहुन्छ । तर, अश्लिल, अमर्यादित र देशको अखण्डतासंग बाझिने कुनैपनि सामाग्री ट्याग गर्न वा पोष्ट गर्न तपाईले पाउनुहुनेछैन । यसो गर्दा आइपर्ने कानूनी व्यवधानका लागि हामी सहयोगी बन्न सक्दैनौं ।
ङ - तपाईले दिएका सूचनाका आधारमा swasthyanews.com ले सामाग्री तयार गर्नसक्छ । तर, तपाईको सूचनाको प्रमाणिकरणका लागि हामी स्वतन्त्र रहनेछौं । तपाईको अनुमतिबिना तपाई स्रोत हो भनि खुलाउने छैनौं ।
हाम्रा नीतिहरु
१- हामी नेपालको संविधानको अधिनमा रही क्रियाशील छौं । अनलाइन प्रकाशनका लागि आवश्यक कानूनी दायरा पूरा गरेका छौं ।
२- हामी राष्ट्रिय अखण्डता र लोकतन्त्रप्रति पूर्ण बफादार छौं ।
३- नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सदुपयोग गर्दछौं ।
४- हाम्रो कुनैपनि किसिमको दलीय वा आश्थागत संलग्नता छैन । निष्पक्षता हाम्रो निष्ठा हो । तर ‘आवाजविहीनहरुको आवाज’ हुनु हाम्रो पेशागत धर्म हो ।
५- तपाईले पठाउनुभएका लेखरचनाको मर्म मर्ने गरी हामी सम्पादन गर्दैनौं । देशको अखण्डता र लोकतन्त्रका आधारभुत मान्यताविपरित रहेका कुरा प्रकाशन/प्रशारण गर्न हामी बाध्य हुने छैनौं ।
६- स्वास्थ्यन्युजमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिको नै हुनेछ । सम्पादकीयबाहेकका विचार निजी हुनेछन् ।
७- हामी सबै प्रकारको बौद्धिक सम्पत्तिको हकको सम्मान गर्दछौं ।
८- तपाई हामीलाई सूचना, लेखरचना, भिडियो, फोटो आदि सामाग्री पठाउन सक्नुहुन्छ । तपाईले नचाहेको खण्डमा हामी तपाई स्रोत हो भन्ने खुलाउंदैनौं । तर, तपाईले सो सामाग्रीमाथि अरुको हकदाबी नरहेको प्रष्ट पार्नुपर्ने हुन्छ ।
९- प्राप्त सामाग्रीको प्रमाणिकरणका लागि हामी तपाईसंग प्रयाप्त सोधखोज गर्न सक्नेछौं ।
१०- हामी व्यक्तिको गोपनियताको हकको सम्मान गर्छौं । राज्य, समाज र सार्वजनिक हित विपरित रहेका नीजि मामिला तथा सार्वजनिक स्थलमा भएका घटना व्यक्तिको गोपनियताभित्र नपर्न सक्छन् ।
११- हामी swasthyanews.com का प्रयोगकर्ताको सुझावलाई स्वागत गर्छौं ।