यस कारण मैले पोर्न रोजें

शनिबार, ०५ चैत २०७३

 

ब्रिटेनकी चर्चित कलाकार कर्ली रेले पोर्न स्टार हुनुका पछाडी आफ्नो मेहनत र संघर्षको जीवन भएको बताएकी छन्।  

 

२३ वर्षिय कर्लीले मेनचेस्टर विश्वविद्यालयबाट फेशन डिजाइनिङमा स्नात्तकोत्तर गरे पनि आफ्नो करिअर भने फेशन क्षेत्रमा बनाइनन्।

 

बिबिसिले बनाएको डकुमेन्ट्रीमा 'म किन पोर्न स्टार भएँ'  भन्नेबारेमा प्रष्ट रुपमा भनेकी छिन्। डकुमेन्ट्रीमा उनी कसरी र किन पोर्न क्षेत्रमा लाग्न इच्छुक भइन् भन्नेबारे खुलाईएको छ। पोर्न क्षेत्रमा लाग्नुलाई राम्रो नमानिएता पनि उनले कुनै पनि क्षेत्र आफैमा नराम्रो नहुने बताएकी छिन्। फेसन क्षेत्र धेरै राम्रो नभएतापनि आफुलाई यसले आनन्दित जीवन दिएको समेत बिबिसिमा उल्लेख गरिएको छ।

 

उनले यस क्षेत्रमा सुरुवातमा धेरै नै संघर्ष गरेको बताएकी छन्। उनले आफुले एक मोडलको रुपमा जीवन बिताउने कहिल्यै पनि सपना नदेखे पनि आफुले छानेको क्षेत्रले सक्षम महिला भएर बाँच्नुमा धेरै आनन्द दिएको बताएकी छन्।

 

उनले पोर्न क्षेत्रमा रहेर आफ्नो प्रेमीसँग रहनुमा धेरै कठिनाई समेत रहेको बताएकी छिन्। आफुलाई कुनै एक पुरुषले एक अप्ठरो परिस्थितीमा छाडेको समेत कर्लीले बताएकी छन्। त्यो बेलासम्म आफ्लाई सेक्स एजुकेसनको बारेका केही नै जनकारी  नभएको उनको दावी छ।

 

उनले सबै मानिसले स्वतन्त्र रुपमा काम गर्न पाउने धारणा राखेकी छन्। 'पोर्न क्षेत्र सबैका लागि होईन। पोर्न क्षेत्रमा भएका गलत धारणा हटाउन आवश्यक छ,' कर्लीले भनेकी छन्। उनले पोर्न क्षेत्रमा आउन चाहने नव आगन्तुकहरुका लागि प्रवेशको क्षणमा जुनसुकै क्षेत्रमा पनि संघर्ष आवश्यक पर्ने र कुनै पनि काममा लगनशीलता र नियमिता भएमा सफल हुन सकिने बताएकी छिन्।

 

उनले महिलाहरुमा प्राकृतिक रुपमा हुने प्रक्रियाका समेत धेरै जटिलता रहेको बताएकी छिन्। महिलाहरुले उनीहरुको नियमित रुपमा हुने रजस्वलाका बारेमा समेत खुलेर कुरा गर्न नसक्ने अवस्थामा रहेको बताएकी छन्। उनले समाजमा आफुले जसरी मानिसले सोच्न अझै लामो समय लाग्ने अनुमान गरेकी छन्। कर्लीले आफुले पच्छ्याएको बाटो प्रति कुनै खेद नभएको बताएकी छन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको