डा केसीको समर्थनमा आज त्रिवि उपकुलपतिको कार्यालय घेरिदै

बुधबार, ०८ मङि्सर २०७३

सोलिडारिटी फर डा केसी अलायन्सले आज (मंसीर ८ गते) १२ बजे त्रिवि उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गर्ने भएको छ । आइओएममा डिन  डा केपीसँगै त्रिभुवन विश्वविद्यालयका उपकुलपछि तीर्थ खनियाँलाई समेत बर्खास्त गर्नुपर्ने माग राख्दै घेराउ कार्यक्रम गर्न लागेको हो ।

 

त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएममा डा केपी सिंहलाई डिन बनाएर नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिने चलखेल गरिरहेको डा केसी अलायन्सको आशंका छ । आफैं पनि बौद्धिक चोरीमा संलग्न भएको प्रमाण बाहिर आइरहेकाले उनको नियतमाथि आशंका गरिएको छ । आइओएममा नियुक्तिको समस्या बल्झिनुमा त्रिविका पदाधिकारी जिम्मेवार रहेको अलायन्सको ठहर छ । 

 

अलायन्सका संयोजक डा जीवन क्षेत्री भन्छन्, ‘९ महिनासम्म पद खाली राखेर नियुक्ति गर्ने बेला वरिष्ठताका आधारमा नभई हचुवाका भरमा नियुक्ति गरिएकाले अहिले समस्या बल्झेको हो ।’ घेराउमा आइओएमका विद्यार्थी, रेजिडेन्टलगायत अन्य नागरिकहरुको उपस्थिति रहनेछ । अलायन्सले उक्त कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण सचेत नागरिकहरुलाई अनुरोध गरेको छ ।

 

आजको घेराउपछि पनि समस्या समाधान भएन भने अझ सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याइने अलायन्सका संयोजक डा क्षेत्री बताउँछन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको