स्थायी गर्न १० जना विशेषज्ञ चिकित्सक खोज्दा एउटा पनि दरखास्त परेन

बिहिबार, ०९ मङि्सर २०७३

 लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी नियुक्त गर्न दरखास्त आवहान गरेपनि सो पदका लागि एक जना पनि चिकित्सक तथा नर्सहरुले दरखास्त दिएनन् ।

 

आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट छनौट गर्न खोजिएको कन्सलटेन्ट इन्डोडेष्टिष्ट्रीमा १ सिट, कम्युनिटी नर्सिङ प्रशासक ३ सिट, कन्सलटेन्ट ओरल सर्जन १ सिट, कन्सलटेन्ट प्रोस्थोडेष्टीष्ट्री १ सिटका लागि दरखास्त नै परेन ।

 

त्यस्तै कन्सलटेन्ट पेरियोडोष्टीष्ट्रि १ सिट, आयुर्वेद तर्फको कन्सलटेन्ट स्त्रीरोग तथा प्रसुति चिकित्सक १ सिटमा दखास्त नै परेन । कन्सलटेन्ट नियोनेटाजोजिष्टमा खुल्ला र आन्तरिक प्रतिस्पर्धा तर्फ गरी २ सिटमा पनि दरखास्त परेन ।

 

यता कन्सलटेन्ट अर्थोडेन्टिष्ट्री १ सिटका लागि एउटा निवेदन परेपनि लिखितमा छनौट हुन सकेन । त्यस्तै कन्सलटेन्ट न्युरो सर्जन २ सिटका लागि दरखास्त मागिए पनि १ जनाले मात्रै नाम निकालेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको