शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले आजदेखि काम नगर्ने

शुक्रबार, १० मङि्सर २०७३

१० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनसमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालका आवासीय चिकित्सकहरुले शुक्रबार(आज) देखि बहिरंग विभाग (ओपीडी) सेवा बन्द गरका हुन् । रेजिडेन्ट र चिकित्साका विद्यार्थीहरुका संघसंगठनले पनि संयुक्त स्पमा कडा आन्दोलन गर्ने निर्णय गरेका छन् ।

डा. केसीका मागबारे सम्बन्धित निकायले कुनै कदम नचाले बाध्य भएर उनको जीवन रक्षाका लागि आन्दोलन चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको रेजिडेन्ट डाक्टर्स एसोसिएसनले जनाएको छ ।

यसअघि रेजिडेन्ट चिकित्सकहरुले हातका कालोपट्टी बाँधेर काम गर्दै आएका थिए ।

डा. केसी १३ दिनदेखि अनसनमा बसेका छन् र, उनको अवस्था गम्भीर बन्दै गएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको