"खुशी हराएको मान्छे"

सोमबार, १४ चैत २०७३

 

"खुशी हराएको मान्छे"


 

छाती भतभति पोल्दा,

मन अतालिदा,

दुखको चट्याङ शिरमा बजारिदा,

 बस चिच्यायो,

अंह खसेन्न आँसु,

 किन कि

 सुकि सकेका थिए आँखा।

 

 सुकेपछी आँखाहरु,

हिनेको छ एउटा मान्छे,

आँसुको खोजीमा ।

 

 चड्यो हिमाल,

कटायो भञ्ज्याङ,

अनि

 झर्‍यो बेशी,

भेटिएन्न आँसु।

 

 एक ताक,

 आँखा खोले देखि,

आँखा बन्द गरेसम्म

 अनि!

 सपनामा पनि

 साथ हुन्थे आँसुहरु।

 

 यति खसे कि,

 सुकेछन आँखाहरु।

 

 तर!

 अचेल एक्लै छ।

 

 सोच्न थाल्छ कहिलेकाही,

 साथ अस्थायी,

 अनि

 दर्द स्थायी।

 

 यति धेरै दर्दले

 बिरक्तिएर,

 छोडेछ आँसुले पनि,

 अनि

 छोड्ने छ यो चिच्चाहट पनि।

 

 छोड्नेछ

 अन्तिममा आफैले

 आफैलाइ।

..........


"दार्चुला" नरेश​

 

 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको