ब्राजिलका फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना

मङ्गलबार, १४ मङि्सर २०७३

१४ मंसिर, काठमाडौं । ब्राजिलियन फुटबलरसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ । विमानमा चालक दलका ९ सदस्यसहित ८१ जना थिए ।

दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन । विमान इलेक्ट्रिक समस्याका कारण  दुर्घटनामा परेकाे र ६ जना मानिसहरू जीवित रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।

मडेलिन अन्तरराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।
map
मेडलिन नजिकै दुर्घटनामा परेको विमान चार्टर गरिएको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।

 

- साभार अनलाइृन खबर 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको