डाक्टर केसी अनसन तोडाउन सरकारी चिकित्सकको २४ घण्टे अल्टिमेटम

बुधबार, १५ मङि्सर २०७३

मंसिर १५, २०७३  

सरकारी चिकित्सक संघ नेपाल गोदानले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग  सम्बोधन गरी अनसन तोडाउन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

 

अनसनको १८ औ दिनसम्म पनि केसीका प्रतिनिधि र सरकारी पक्ष बिचको पटकपटकको बार्ता निश्कर्ष बिहिन हुनु स्वार्थ समुहको खेल हुनसक्ने भन्दै गोदानले २४ घण्टाभित्र डाक्टर केसीको अनसन समाप्त गर्न पहल नगरे सरकारी स्वास्थ्य संस्थामा सेवा दिन नसक्ने चेतावनी दिएको हो ।

 

मुलुकभरका क्षेत्रीय, अञ्चल, जिल्ला, तथा प्राथमिक स्वास्थ्य संस्थामा कार्यरत झण्डै १ हजार ३ सय चिकित्सको समुह गोदानद्धारा जारी बिज्ञप्तिमा डा केसीको जीवन रक्षा गर्ने तर्फ लाग्नुपर्ने उल्लेख छ । अनसनरत डाक्टर केसीको मागबारे आज चौथो दिन पनि वार्ता हुने भनिए पनि समय तोकिएको छैन् ।

 

सरकारी बार्ता टोलीका सदस्य स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतिले सरकारको क्षमता र कानुनी व्यवस्थालाई ध्यान दिनुपर्ने भएकोले डाक्टर केसीका सबै माग सम्बोधनमा समस्या भएको बताउनुभएको छ । पटकपटकको बार्ता त्रिवि उपकुलपति तिर्थ खनियाँ र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्तीबारे कुरा नमिल्दा  निश्कर्षमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

 

यसैबीच माग सम्बोधनमा सम्बन्धित निकायको ध्यानाकर्षणका लागि भन्दै त्रिवि शिक्षण अस्पताल महाजगञ्जका आवाशिय चिकित्सकले आजबाट आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन् । आवाशिय चिकित्सक ओपिडी र अन्यमा सहभागी नुहुदा अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

 

डाक्टर केसीका समर्थकले भने स्वास्थ्य अवस्था नाजुक बन्दै गएका बेला सरकारी पक्ष ठोस प्रस्ताबका साथ नआए बार्ताको औचित्य नहुने बताएका छन् । पछिल्लो केही दिनयता डाक्टर केसीको मुटुको चाल अनियमित हुने क्रम बढेकाले ज्यान जोखिममा परेको सहयोगी डाक्टर जिवन क्षेत्रीले बताउनुभयो ।

 

राक्तचाप निकै कम रहेको र रोग प्रतिरोध क्षमता पनि घटेकाले कुनै पनि बेला संक्रमण हुन सक्ने क्षेत्रीले बताउनुभयो । 

प्रकाशित: मंसिर १५, २०७३

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको