"अन्धा फुलहरु"

बिहिबार, १४ बैशाख २०७४


"अन्धा फुलहरु"

 

 

भमरा थिइनँ,

माली पनि होईन म,

त्यसैले हो नि,

फुलहरु शीत थिएन म।

 

फुल हुन पनि,

कहिले भएन रहर मलाई।

ती फुलहरु हाँस्दै थिए,

कसैलाई आँशुमा डुबाएर।

 

अनि,

खेल्दै थिए,

योवनको खेल,

भमरा सित,

एउटा स्वर्गीय आन्न्दमा।

 

मैले देखेको,

दृश्य धमिलो,

रागले होला,

परागले होला।

 

तर वास्ना बस पसिनाको।

त्यो, पसिना मालीको,

निधारमा फल्ने,

मोति पग्लिएर,

झरेको त्यही फुल हुर्काउदा।

 

मालीलाई,

कहिले रहर भयो कि नाइँ,

सोध्नु छ,

एक पल्ट फुल टिपि,

कानमा सिउरियोकी नाइँ ।

 

फुलहरुले देखेन,

मालीको त्यो आँसु पसिना,

अन्धा थिए ती।

 

खासमा, फुलहरु शीत भइ रहन,

कुनै रहर थिएन मलाई,

किन कि,

म शीत थियो,

फुलहरुको मौसम।


"दार्चुला" नरेश​


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको