फेसियल गर्ने सही तरिका

शुक्रबार, १५ बैशाख २०७४

 

युवा अवस्थामा हर्मोनमा हुने परिवर्तनका कारण शरीरमा बदलाव आउँछ । हर्मोनमा भएको बदलावका कारण स्यावसेस ग्रान्ड बढी सक्रिय भई छालामा चिल्लो पदार्थ बढी हुँदा पिम्पल आउँछ । यस्तो अवस्थामा मानिसले चिल्लो पदार्थ कम प्रयोग गर्ने, व्यायाम गर्ने, मानसिक चिन्ता नलिने, सन्तुलित भोजन गर्नेजस्ता बानी बसालेमा पिम्पल कम गराउन सकिन्छ । फेसियल यस्तो उपचार विधि हो, जसका माध्यमद्वारा जो–कोहीले पनि छालाको पूर्ण स्याहार गर्न सक्छन् । हरेक व्यक्तिले महिनाको एक वा दुईपटक फेसियल गर्नु उत्तम हुन्छ । फेसियलद्वारा छालामा देखिने धेरै समस्यालाई रोकथाम गरी समाधान गर्न सकिन्छ । फेसियल गर्ने सही तरिकाका बारेमा ट्रेन्ड सेटर्सका म्यानेजर धनेष खड्का यसो भन्छन् :

 

 

क्लिन्जिङ: अनुहारमा छालाको प्रकार तथा समस्याअनुसार बजारमा उपलब्ध प्रसाधनको प्रयोग गरी छालालाई सफा गर्नुपर्छ ।


एक्फ्लोटिङ:  नर्मल, ड्राई, आयली स्किनमा स्क्रब गरी डेड सेल्स निकाल्ने । यसरी ब्ल्याक हेड्स खुकुलो बनाइन्छ ।


मसाजिङ:  छालाको प्रकार तथा समस्याअनुसार अनुहारको प्रेसर पोइन्ट्स समेटेर अनुहारमा मसाज गर्नुपर्छ । यो प्रक्रिया १५ मिनेटदेखि २५ मिनेटसम्म गर्न सकिन्छ ।


स्टिम: छालाको प्रकार हेरी स्टिम दिनुपर्छ । स्टिमबाट ब्ल्याक हेड्स निकाल्न सकिन्छ । फेसमा स्टिम इनडाइरेक्ट दिनुपर्छ । बेकिङ सोडामा टावेल भिजाएर अनुहारमा राखेर दिनुपर्छ ।


रिमुभिङ ब्ल्याक हेड्स: अनुहारमा ब्ल्याक हेड्स भए स्टेरलाइज्ड कोमोडनको सहायताले हल्का प्रेसर दिई निकाल्नुपर्छ ।


टोनरको प्रयोग : पिम्पलयुक्त अनुहारमा एस्ट्रिमाइज प्रयोग गर्नु उपयुक्त हुन्छ । आयली कम्बिनेसन स्किनमा केही मात्र अल्कोहलयुक्त टोनरको प्रयोग गर्नुपर्छ । ड्राई तथा नर्मल स्किनमा अल्कोहलरहित टोनर प्रयोग गर्नु उत्तम हुन्छ ।


फेसप्याक: फेसियलमा फेसप्याक महत्वपूर्ण विधि हो । यो प्रक्रियाले अनुहारमा छुट्टै चमक प्रदान गर्छ । अनुहारको छालाको प्रकार तथा समस्याअनुसार फेसप्याक लेप अथवा मास्क प्रयोग गर्नुपर्छ ।


मस्चराइजिङ: अनुहारको छालाको प्रकारअनुसार मस्चराइजिङ अथवा प्रोटेक्टिभ कस्मेटिक्स प्रयोग गर्नुपर्छ । यस्तो कस्मेटिक्स डे र नाइटका लागि फरक–फरक हुन्छ । एसपिएफयुक्त र एसपिएफरहित पनि पाइन्छ ।

 

थप जानकारी :


-दक्ष प्राविधिकबाट मात्र फेसियल गराउनुपर्छ ।

 

-फेसियल गर्न बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । राम्रो र गुणस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ ।

 

-संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन ।

 

-अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हुँदैन । अनुहारमा बढी मसाज गर्नाले इलास्टिसिटी लुज हुन सक्छ । जसले गर्दा छाला लत्रिने सम्भावना पनि हुन्छ ।

 

-थाई अथवा गर्दनको ब्ल्याक हेड्स निकाल्नु अथवा चलाउनु हुँदैन ।

 

-सेन्सेटिभ स्किन, ड्राई र नेचुरल स्किन र आँखीभौँवरिपरि अल्कोहलयुक्त टोनर प्रयोग गर्नु हुँदैन ।


Sourece: Nayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको