विद्युत प्राधिकरण सञ्चालक समितिमा तीन सदस्य नियुक्त

सोमबार, ०४ पुष २०७३

 

४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ सदस्य नियुक्त गरेको छ ।

 

रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का स्वकीय सचिव बसन्त शर्मा ‘विक्रान्त’ले जानकारी दिए ।

 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए ।

 

उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण समेत सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले तिनैजनालाई पदबाट बर्खास्त गरेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको