सावधान ! मेकअपका यी पाँच तरिकाले बुढी देखाउँछ तपाईंलाई

शुक्रबार, २२ बैशाख २०७४

 

जवान देखिन हरेकको चाहना हुन्छ । तर थुप्रै पटक थाहा नपाइकनै गलत मेकअपका कारण हाम्रो उमेर धेरै देखिन थाल्छ ।

१. उमेरभन्दा ठूलो देखाउँछ मेकअपको यो तरिकाः

हुन त आफ्नो उमेरभन्दा कोही पनि ठूलो देख्न चाहँदैन । विशेषगरी महिला आफ्नो उमेरभन्दा सानै देख्न चाहन्छन् । तर गलत मेकअप तरिकाले उमेरभन्दा पनि ठूला देख्छन् । आज हामी तपाईंलाई यस्तै गल्तीबारे जानकारी दिँदै छौं जसले तपाईंलाई बुढी देखिन रोक्छ ।

२. अत्यधिक कन्सिलरको प्रयोगः

कन्सिलरको प्रयोग अनुहारको चाउरीलाई लुकाउनु गरिन्छ तर कन्सिलरको अत्यधिक प्रयोगले तपाईंको चाउरीलाई झनै स्पष्टसँग देखाउन सहयोग गर्दछ । त्यसकारण कन्सिलरको प्रयोग आवश्यकता अनुसार नै गर्नुपर्छ ।

३. फाउन्डेशनको प्रयोग नगर्नुः

फाउन्डेसन एक यस्तो सौन्दर्य प्रसाधन हो जसको मेकअपमा महत्वपूर्ण भूमिका हुन्छ । मेकअप बेस तयार गर्नका लागि पनि फाउन्डेसनको आवश्यकता हुन्छ । हुन त मेकअपको पत्र लगाउँदा तपाईं उमेरभन्दा ठूलो देखिनुहुन्छ तर फाउन्डेशन लगाउनु निकै महत्वपूर्ण छ किनभने सही तरिकाले फाउन्डेसन लगाएर तपाईं उमेरभन्दा पनि थुप्रै वर्ष सानो देख्न सक्नुहुन्छ ।

४. लिपस्टिकभन्दा विपरित रंगको लिप लाइनरः

लिप लाइनर लिपिस्टिकलाई राम्रो देखाउनका लागि लगाइन्छ । तर धेरैजसो हामी लिपस्टिकभन्दा विपरित रंगको लिप लाइनरको प्रयोग गर्ने गर्दछौं । यस्तो गर्दा तपाईंको उमेर धेरै देखिन्छ । त्यसकारण लिपिस्टिकसँग मेल खाने लाइनरको प्रयोग गर्नुहोस् ।

५. गहिरो रंगको ब्लशको प्रयोगः

ब्लशरको अत्यधिक प्रयोग र गहिरो रंगले तपाईंको अनुहारको रंग गहिरो मात्र बनाउने नभई तपाईंको उमेर पनि धेरै देखाउँछ । यसका साथै तपाईंको अनुहारको चाउरीलाई लुकाउनुको साटो अझ बढि स्पष्ट देखाउँछ । त्यसकारण तपाईंको उमेर बढि छ भने गहिरो रंगको ब्लश नलगाउनुहोस् । हल्का पिच र गुलाबी रंगको ब्लशको उपयोग गर्दा राम्रो हुन्छ ।

६. लिपिस्टिकको गहिरो रंग लगाउनुः

लिपिस्टिकको प्रयोगले तपाईंको ओठको सुन्दरता बढाउनमा सहयोग गर्दछ । राम्रोसँग लगाइएको लिपस्टिकले पूरा अनुहारमा निखार थप्छ । तर गहिरो रङको लिपिस्टिक लगाउँदा तपाईं उमेरभन्दा ठूलो देखिनुहुन्छ । त्यसकारण यदि तपाईं जवान देखिन चाहनुहुन्छ भने हल्का रंगको लिपिस्टिकको प्रयोग गर्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको