फुस्रो छालाको स्याहार गर्ने तरिका

बुधबार, २४ जेठ २०७४

 

धेरैलाई लाग्छ, चिल्लो छाला भएका व्यक्तिहरूलाई धेरै प्रकारको समस्या निम्तिन्छ । तर, चिल्लो छाला भएकाजस्तै फुस्रो छालाले पनि पनि धेरै झन्झट निम्त्याउँछ । फुस्रो छालामा सबैभन्दा बढी समस्या नुहाउँदा देखापर्छ । यस्तो छालामा प्राकृतिक तेलको मात्रा निकै कम हुने भएकाले नुहाउँदा झनै नष्ट भएर फुस्रोपन बढ्ने हुन्छ । फुस्रो छाला भएकाहरूले आफ्नो छालाको हेरचाह गर्ने तरिकाबारे ब्युटिसियन बिन्दिया श्रेष्ठको सुझाब यस्तो छ :

 

फुस्रो छाला भएकाहरूले नुहाउँदा सकेसम्म केमिकलयुक्त साबुन प्रयोग गर्नु हुँदैन । यस्ता साबुन बास्नादार भए पनि केमिकल मिसाइएको हुने कारण हानिकारक हुन्छ । साबुनको सट्टा नुहाउनुअघि घिउकुमारी र नीमका घरेलु प्याक प्रयोग गर्न सकिन्छ । त्यसैगरी हनी प्याक, मह र दहीको प्याक पनि राम्रो हुन्छ ।

 

नुहाउँदा पनि धेरै चिसो तथा तातो पानीको प्रयोगबाट सजग हुनुपर्छ । यस्तो पानीले छालाको फुस्रोपन झनै बढाउँछ । अझ तातोपानीले त छालाको प्राकृतिक चिल्लो नै नष्ट गर्न सक्छ । त्यसैगरी, नुहाउने क्रममा प्राकृतिक तेल जोगाउँदै थप तेल पूर्ति गर्न पानीमा गुणस्तरीय तेल मिसाएर नुहाउन सकिन्छ । एक बाल्टिन पानीमा चार–पाँच थोपा जैतुन या बदामको तेल मिसाएर नुहाउँदा फाइदा गर्छ ।

 

फुस्रो छाला हुने व्यक्तिले नुहाएपछि मोस्चराइजर प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । नुहाएपछि सबै खालको छालालाई आवश्यक पर्ने मोस्चराइजर फुस्रो छाला भएकालाई त अनिवार्य नै चहिन्छ । पूरै शरीरमा मोस्चराइजर लगाउनुपर्छ । एकपटक मोस्चराइजर लगाउँदा पनि छालाको फुस्रोपन कायम रह्यो भने अर्कोपटक मोस्चराइजर थप्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको