कुन रक्तसमूहलाई कस्तो मेकअप ?

शुक्रबार, २६ जेठ २०७४

 
सुन्दर मुहार बनाउने लालसामा अधिकांश व्यक्ति विभिन्न ब्युटि प्रोडकक्ट प्रयोग गरिरहेका हुन्छन् । उनीहरुको एउटै मान्यता हुने गर्छ कि विभिन्न प्रकारका क्रिम या उपचारले सौन्दर्यमा निखार ल्याउन सकिन्छ ।
 
आफ्नो स्किन टाइपअनुसार विभिन्न प्रकारका प्रोडक्ट पनि प्रयोग गरिन्छ । तर, स्किन फाइदाजनक नै हुन्छ । किनभने, फरक मानिसमा हुने फरक रक्तसमूहलाई उस्तै प्रकृतिको सौन्दर्य सामग्री उपयुक्त हुनछ भन्ने हुँदैन । सोही कारण रक्तसमहू अनुसार ब्यटी प्रोडक्ट प्रयोग गर्नु तथा केयर गर्नु पनि निकै फाइदाजनक हुन्छ । यस्तो बानीले जोकेहीलाई पनि निकै सकारात्मक परिणाम दिन्छ ।
 
समान्यतः मानिसको शरीरमा हुने रक्तसमूहआुसार उपयुक्त हुने ब्युटी प्रोडक्ट र केयर गर्ने तरिकाबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाव यस्ता छन् :
 
रक्तसमूह ए :
 
रक्तसमूह ए भएका व्यक्तिहरुको स्किन पोर्स निकै छोटो हुन्छ । जसले गर्दा अनुहारमा चिल्लोपन, पसिना, पिम्पल्स तथा अन्य खटिरा आएर समस्या निम्तिहरहन सक्छ । यसका साथै ए रक्तसमूह भएका महिललाहरुले मेकअप गर्दा पनि खासै साइड इफेक्ट नपर्ने हुन्छ । यो गु्रपको रक्तसमूह भएका महिलाको स्किनमा ओलिभ आयल निकै नै लाभदायक मानिन्छ । ओलिभ आयलले स्किनलाई नरम तथा कोमल बनाउन मद्दत गर्छ ।
 
रक्तसमूह बी :
बी रक्तसमूह भएका व्यक्तिहरुको छाला ज्यादै नै संवेदनशिल हुन्छ । सोहि कारण कुनै पनि मौसम या तापक्रममा परिवर्तन आउनासाथ त्यसको प्रत्यक्ष असर अनुहारमा पनि देखिन थाल्छ । यो रक्तसमूहका व्यक्तिको स्किनको पिएच लेभल ४.८ देखी ५. ८ सम्म हुन्छ । सोहि कारण यस्तथा व्यक्तिले ब्युटी प्रोडक्ट प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । यस्ता प्रोडक्टको पिएच लेभल ७ भन्दा बढी भएको प्रयोग नगर्नु नै फाइदाजनक हुन्छ ।
 
रक्तसमूह एबी :
 
जसको रक्तसमूह एबी हुन्छ, सो व्यक्तिको छाला पनि निकै बलियो हुन्छ । यस्ता व्यक्तिको छालामा कुनै पनि मौसम या तापक्रममले खासै असर पार्न सक्दैन् । तर, यस्तो खालको छाला भएको व्यक्तिको अनुहारमा दादको भने असर देखिन सक्छ । त्यसैले यस्तो रक्तसमूह भएका व्यक्तिहरुले एग ह्वाइट फेस प्याक या मास्क प्रयोग गर्नु निकै लाभदायक हुन्छ । त्यति मात्र होइन, यो रक्तसमूह भएका व्यक्तिको अनुहारको रङ या चमक पनि अन्यभन्दा निकै फरक देखिएको हुन सक्छ
 
रक्तसमूह ओ ओ :
 
रक्तसमूह भएका व्यक्तिको छालालाई अन्य व्यक्तिको तुलनामा केही आरामको आवश्यकता पर्छ ।किनकि,यस्ता व्यक्तिको छालामा बढी थकान देखिइरहेको हुन्छ । त्यसैले पनि यस्ता व्यक्तिहरुलाई दैनिक आठ घण्टाको निद्रा अतयावश्यक हुन्छ । यसले छालाको छिद्रलाई बढाउँदैन,जसले गर्दा अनुहार सुख्खा हुनबाट जोगाउन सहयोग पुर्याउँछ । यसका साथै ओ रक्तसमूह भएका व्यक्तिहरुको स्किनमा फोम बेस्ड फेसियल तथा उत्तम हुन्छ । आजको नयाँपत्रिका दैनिकबाट

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको