गर्मीमा अनुहारलाई सँधै चम्किलो राख्न अपनाउनुस् यि घरेलु उपाय !

सोमबार, २९ जेठ २०७४

 
गर्मी बढेसागै हामीलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । विशेषगरी अनुहार सँग सम्बन्धित समस्याले बढी सताएको देखिन्छ । गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्नका लागि छालालाई नरम बनाइ राख्नु आवश्यक हुन्छ । जसका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ । घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईँको छालाको लागि सबैभन्दा उत्तम हुन्छ ।
 
यसले तपाईँको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । नियमित रुपले अनुहारको हेरचाह सँग सम्बन्धित केही फेश प्याकहरु जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिंग र मोइश्चराइजिंग पनि हुन्छ । तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।
 
गोलभेँडाको फेश प्याक
 
गोलभेँडाको रस छालमा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक आउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ ।
 
कागती फेश प्याक
 
एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ । साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ ।
 
काक्रोको ओभरनाइट फेश प्याक
 
काक्रोको ओभरनाइट (रातभरि) फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलाो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ ।
 
घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।
(एजेन्सीको सहयोगमा)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको