डा. केसीको माग सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

शनिबार, १४ साउन २०७४

 

नेपाल चिकित्सक संघले ६ दिनदेखि आमरण अनशनरत शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग यथाशीघ्र सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । 

संघले विज्ञप्ति निकाल्दै डा. केसीले चिकित्सा शिक्षाको सुधारका निम्ति राख्नु भएका विषयमा सरकार आफै लाग्नुपर्नेमा केसीलाई अनशन बस्न बाध्य बनाइएको बताएको छ । संघले डा. केसीले राखेका शिक्षण अस्पताल सुधारको माग सम्बोधन गर्नपनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डा. केसीसँग यसअघि भएका सम्झौता अक्षरश कार्यान्वयन गराउनपनि  संघले अपिल गरेको छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको