डा. गोविन्द के सी को अनसन जायज कि नाजायज !

बिहिबार, २६ साउन २०७४

 

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल , " सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! "

***

तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो , डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ... इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ , तर त्यसमा MRP 14000 को छ तपाईं के गर्नुहुन्छ ?

***

तपाइको छोरालाई टाइफाइड भयो डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ , तपाईं के गर्नुहुन्छ ?

***

तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ Dialysis पछि एउटा इन्जेक्सन लाग्छ MRP सायद 2900 रु छ , तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ? किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ , इन्जेक्सन को वास्तविक मूल्य रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ तपाईं के गर्नुहुन्छ ?

***

तपाइको बच्चालाई इन्फेक्सन भएको छ डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ... तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... , तपाईं के गर्नुहुन्छ ?

***

बजारमा Ultrasound test रु. 1200 मा हुन्छ , चेरीटेबल डिस्पेन्सरी रु. 390 मा गर्दछ 1200 मा डाक्टरको कमिसन रु. 500 हो MRP मा डाक्टरको कमिसन रु. 3200 देखि 4800 को बिचमा छ , डाक्टर र अस्पतालहरुको यो लुट , यो नाङ्गो नाच बेधढक र लुटमार देशमा चलिरहेको छ , Pharmaceutical कम्पनीहरुको Lobby यति मजबुत छ कि उसले देशलाई सिधा सिधा बन्धक बनाएर राखेका छन , डाक्टर्स , अस्पताल र औषधीको कम्पनिहरु सबै मिलेका छन , दुबै मिलेर सरकार लाई ब्लाकमेल गर्दछन सबैभन्दा ठूलो यक्ष प्रश्न ... नालीमा खस्यो प्रींस , बिना ड्राइभरको कार सासू बुहारी र षड्यन्त्र सावधान , क्राइम रिपोर्ट गुण्डा नाइके को गर्लफ्रेण्ड यो सब देखाउछ तर ... Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?

***

मिडियाले देखाउदैन भने कसले देखाउछ ? मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ? यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ , Media किन चुप छन ? कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ? 200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!! डाक्टर साहब लाई के गर्नुहुन्छ ?

***

यदि तपाइलाई यो सत्य लाग्छ भने एउटा सचेत र जिम्बेबार नागरिकको हैसियतले   सबैलाई  शेयर गरि, जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनुहोस। 

 

डा. केसि का विषयमा हिज आज सामाजिक संन्जालमा एस्ता पोस्टहरु नीकै भाईरल भईरहेका छन् ...
 हामिले यो पोस्ट फेसबुक बाटनै साभार गरि तपाई हरु समक्ष प्रस्तुत गरेका हौं ।


 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको