डा. केसि प्रति समर्पित...

शुक्रबार, २७ साउन २०७४

 

– रामकुमार लामिछाने

 

‘ऊ’

हो,

हेर्दा ऊ पनि हामी जस्तै मानिस हो । उसको भोक हाम्रो भन्दा फरक नहोला आँत सुक्दा उसलाई पनि प्यास लाग्छ निद्रा, थकान र दुखाइ उसको पनि हुन्छ उसको पनि शरीर हाड, मासु र रगतले नै बनेको छ  दर्शनको भाषामा पाञ्चभौतिक शरीर तर, गहिरिएर हे¥यौ भने तिमीलाई यो विश्वास हुन्न किनकि, यतिबेला ऊ तिम्रो कल्पनाभन्दा धेरै माथि छ । अर्धमिलित आँखाहरूमा देशको स्वर्णिम सपना देख्ने प्रत्येक श्वासहरूमा देशको प्राण भर्ने अनि प्रत्येक क्षणहरू जनताको खातिर बलिदान दिने ऊ साँच्चै तिमीले मन्दिरमा खोज्ने द्यौताभन्दा महान् छ ।

***

 

उसको सपना तिम्रो जस्तो तुच्छ छैन उसको सोच तिम्रो जस्तो घृणित छैनन् उसको लक्ष्य तिम्रो जस्तो निच छैन स्वार्थको साँघुरो घेराबाट उठेर आमाको काखबाटै टाढिएर जो सधैं अरूकै लागि बाँचिरह्यो जसका आँखाबाट जनताको मायामा अविश्रान्त आँसु झरिरहे हो, ऊ तिम्रो माक्र्सवाद वा पूँजीवादको काल्पनिक पात्रभन्दा आदर्शवान् छ । 

***

 

मैले आदर्श मूर्तिको महिमा गाइरहँदा तिम्रा कानहरू बहिरा बनेका छन् सामुन्नेमै उसको सजीव चित्र उतार्दा पनि तिम्रो आँखाले देख्दैन तिमी त एउटा कुम्भकर्ण न प¥यौ सियोले घोचे पनि तिम्रो निद्रा खुल्दैन तर, जब तिमी शब्दविहीन स्पर्शविहीन दृष्टिविहीन अनि संवदेनाविहीन भएर ढल्छौ त्यति बेला एउटै आकृतिले तिमीलाई नै जिज्याइरहेको हुनेछ । हो, त्यो अरू कोही नभएर तिमीले जिन्दगीभर रुवाएको ‘ऊ’ हुनेछ त्याग, तपस्या र सेवाको प्रतिमूर्ति डा. केसी हुनेछ ।।।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज !

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुनेछ... ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको