आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

शनिबार, १७ भदौ २०७४

 

अग्रगामी छलाङ्गको उग्रनारा लाउँदै गणतन्त्रलाई संस्थागत गर्ने वहानामा जे जे मन लाग्छ त्यही त्यही गर्दै जाँदा नेपालको चारदलले नेपालीहरुको दौरा ,सुरुवल , ढाका टोपी यो संसार भरी नेपालीलाई चिनाउने पहिरन हो भन्नेकुरा विर्सियो | त्यसै शिलशिलामा दौरासुरुवाललाई घृणागर्ने दुईटा प्रधानमन्त्रीहरु नेपालमा जन्मिन पुगे | तिनको इतिहाँसलाई गणतान्त्रिक नेपालले कसरी जोगाउँछ ? आउने पुस्ताले हर हिसाब र मूल्याङ्कन गर्दैगर्ला , तर तिनले अन्तराष्ट्रिय सभा समारोहमा नेपालको प्रतिनिधित्व गर्न औपचारिक देखिनकोलागि आफ्नो घाँटीमा बाँधेको टाई चाहीं क्रोएसियन मर्सिनरीहरूले घाँटीमा बाँध्ने गरेको टालोको विकसित रुपहो भन्नेकुरा थाहा पाएकी पाएनन ? त्यो अचम्मको कुरो हुन् पुगेको छ |

 

यो पनि पढ्नुहोस : पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

 

तिनको घाँटीमा त्यै टालो बांद्धा गतिलो लाग्ने झ्याउपुरेलाई दौरासुरुवाल सामन्ति लाग्नु स्वाभाविकपनि हो | नेपाली दौरासुरुवालको यो विश्व भरिमा विशिष्ठ पहिचान थियो ,अहिलेपनि छ , कारण त्यो पहिरननै सम्पूर्ण विश्वमा छरिएर रहेका नेपाली जातिलाई चिह्नाउने मौलिक पहिरन थियो ,छ र रहनेछ | त्यो पहिरन हाम्रा वीर पुर्खाहरुको चिनो हो ,जसमा नेपाल जोड्ने पुर्खाहरुको रगत र पसिना पुछिएको छ | यो पहिरन एकैरातमा नेपालीजातिलाई कसैले पहिर्याएको होइन |

 

यो पनि पढ्नुहोस : पिता शब्दको अर्थ

 

विभिन्न पहिरनहरुबाट विकसित हुँदै दौरा सुरुवाल भनेर चिह्निई त्यसले नेपाली इतिहास र सभ्यता झल्काउन पुगेको हो | त्यो दौरा सुरुवाल शदियौंदेखि सबै जातजाति भाषा संस्कृतिको साझा धरोहर बनेर सारा नेपालीलाई समेट्दै सबै नेपालीहरुको साझा पहिरन बन्न पुगेको हो | त्यसकारण त्यो पोषाक हाम्रो मुलुककोलागि राष्ट्रिय पहिचान ,संस्कार ,सभ्यता र अनुशासन भएको हो | अमेरिकाका राष्ट्रपति बाराक ओबामाले म्यान्मार टेक्दा त्यहाँका राष्ट्रप्रमुखले लुंगी ,चप्पल लाएर ओबामालाई स्वागत गरेको किन विर्सिन्छन नेपालका छलाङ्गवादीहरु ? म्यानमारको राष्ट्रप्रमुखले लुंगी र चप्पल लाएर अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्दा गर्व मान्छ , किनभने त्यो उनीहरूको राष्ट्रिय पोशाक हो | श्री लंकाका रष्ट्रपतिले सेतो लुङ्गी र छालाको चप्पल लाएर काठमाण्डु सार्क समिटमा आउँदा गर्व मान्छ तर नेपालका छलाङ्गवादीलाई दौरा सुरुवाल लाउँदा हिनतावोध हुन्छ किनभने यी गणतन्त्रवादीले अग्रगामी छलाङ्ग लाउँदै नेपालको पहिचान मेटेर भारतको ३३ औं प्रान्त बनाउनु छ | आफ्नो पहिचान मेटेर पहिचान दिने छलाङ्गवादीहरुलाई देशको पहिचानले कसरी लाज छोप्छ ? आजका दिन सम्म नेपालमा चली आएको परम्परा, भेषभुषाहरु जो नेपाल र नेपालीको पहिचान बनेर रहेको थियो त्यो नै हटाउदै गएपछि ‘नेपाल’ नामलाई नै हटाई अरु नै राखेपनि अब ती दलका नागरिकहरुले त्यस कुराको विरोध गर्ने हैसियत राख्न सक्नेछैनन | नेपाल कुनै उपनिवेशबाट उच्छिट्टिएर आएको देश होइन |

 

यो पनि पढ्नुहोस : अन्तिम आलेख - अभागी भीष्म पितामह

 

हाम्रो देश सानो छ, भूपरिवेष्ठित छ, तर, यसको आफ्नै मौलिक पहिरन , बिशेषता र इतिहाँस रहेको छ | हाम्रा पुर्खाहरु मूर्ख थिएनन | उनीहरुले आफ्नो स्वाभिमानी इतिहाँसको जगेर्ना गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि प्रस्तुत गर्न देशको पहिचान, परिचय र चिनारी दिने प्रतिकहरु राष्ट्रिय पोसाक, राष्ट्रिय झण्डा, राष्ट्रिय भाषा, राष्ट्रिय चिन्ह जोगाएर राखे | त्यै कुरो दार्जिलिंगले टिप्यो र नेपाली रीती रिवाजसँग मिल्दो जुल्दो र नेपाली भाषिक भएकै नाताले पश्चिम बंगालका गोर्खाल्याण्ड राज्य भित्र पर्ने दार्जिलिंग, खर्सांग, गान्तोक आदिका स्टेटहरुमा कामकाजको भाषा नेपाली नै प्रयोग गरेर ल्याएको छ , र तिनले आफ्नो राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी चौबन्दीचोली, फरिया इत्यादि कुराहरु जोगाएर सजिनुमा गर्व गर्दै आएका छन् , तर हामी भने छलाङ्गवादी बिउ सहित मासिएको अवस्था देखापरेको छ |


- प्रविण अधिकारी को फेसबुक वाल बाट साभार ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको