योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा

मङ्गलबार, २० भदौ २०७४

 

बर्सेनि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। योग अभ्यासबाट हुने फाइदाबारे जनचेतना जगाउन संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो। अमेरिकामा यो प्राचीन विद्या योग अभ्यास गरिन थालेको करिब ६० वर्ष भइरहेको छ र यो केही वर्षयता लोकप्रिय हुँदै गएको छ।

 

यहाँ गराइने हठयोगदेखि लिएर विभिन्न शैलीका योग अभ्यास हुने गरेको छ, जस्तै– विभिन्न आसन, श्वासप्रश्वास विधि (प्राणायाम), ध्यान र योग दर्शन। शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य सुधारका साथै स्वस्थ रहन योग गरिन्छ। धेरै प्रकारका योग अभ्यास यहाँका धेरै केन्द्रमा उपलब्ध छ, जस्तै– रिट्रिट सेन्टर, योग स्टुडियो, जिम, शैक्षिक संस्था, स्थानीय पुस्तकालय र यहाँसम्म कि पार्क र समुद्र किनारमा पनि।

 

याे पनि पढ्नुहाेसः योग चिकित्सा र यसका वैज्ञानिक आधार

नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन (अहिले नेसनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थ, एनसिसिआइएच) ले सन् १९९८ मा नेसनल इन्स्टिच्युट अफ हेल्थमा योग अभ्यास सुरु गरेपछि अनुसन्धानकर्ताले योगमाथि औपचारिक अनुसन्धान गर्न थाले। यस्तो अनुसन्धान हुनु किन महत्वपूर्ण छ भने सन् २०१२ मा नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टिकले तयार पारेको रिपोर्टमा १० प्रतिशत अमेरिकीले योग, ताई ची र चि गोङजस्ता प्राचीन अभ्यास गरिरहेको उल्लेख थियो।

क्यान्सरका बिरामीले झेल्ने शारीरिक, भावनात्मक, संज्ञानात्मक र अस्तित्वसम्बन्धी समस्याका लागि योग उपयुक्त उपाय हुनसक्ने प्रतीत हुन्छ। क्यान्सरका बिरामीको आवश्यकता अनुसार सिकाउन सकिने नियमित योगबारे योग शिक्षकलाई आवश्यक तालिम कार्यक्रम उपलब्ध छन्।

 

याे पनि पढ्नुहाेसः योग गर्नुभन्दा अगाडी ध्यान दिनै पर्ने ९ कुरा

योगबाट क्यान्सरको उपचारसम्बन्धी अनुसन्धानमाथि हालै गरिएको समीक्षाले आशाजनक निष्कर्ष देखाएको छ। यससम्बन्धी ९ वटा ‘नन् र्‍यान्डम’ र १३ वटा ‘र्‍यान्डम’ परीक्षण गरिएको थियो। वयस्क क्यान्सर रोगीलाई विभिन्न योग थेरापीबाट जीवनशैलीमा सुधार आउनुका साथै मस्त निद्रा, कम थकावट, आध्यात्मिक र मनोवैज्ञानिक सुधार (जस्तैः डिप्रेसन, पीडा र व्यग्रताको उपचार) देखिएको परीक्षणले निष्कर्ष निकालेको छ।

 

अनुसन्धानले सुरुवाती चरणमा रहेका स्तन क्यान्सरका बिरामीमा फरक–फरक मात्रा र तरिकाले गरिएको योग उपचार र योग प्रशिक्षकको तालिम (ज्ञान) बारे जानकारी उल्लेख नगरेको भन्दै आलोचना गरिएको छ। अनुसन्धानकर्ताहरुले पनि शारीरिक र बायोमेडिकल परिणामको न्यून अध्ययन गरिएको र प्रारम्भिक शोधमा देखिएका ‘साइड इफेक्ट’ बारे थप अध्ययन गर्नुपर्ने स्वीकारेका छन्।

एउटा अनुसन्धानमा भने स्तन क्यान्सरको उपचार गरिसकेका दुई सय जना बिरामीमा योगबाट पर्ने प्रभावबारे परीक्षण गरिएको थियो। परीक्षणमा समावेश महिलालाई मान्यताप्राप्त योग प्रशिक्षकले १२ सातासम्म साताको दुईपटक ९० मिनेट योग कक्षा गराएका थिए। अनुसन्धानकर्ताका अनुसार जलन, थकाइ, ऊर्जा, अनिद्रामा सुधार, डिप्रेसन आदिलाई मूल्यांकनको मापदण्ड बनाइएको थियो। त्यसमध्ये थकाइ र जलनमा सुधार ल्यायो। जति बढी योग अभ्यास गर्‍यो त्यति नै मात्रामा सुधार भयो।

यो अनुसन्धान किन पनि उत्साहप्रद छ भने यसबाट क्यान्सरका बिरामी र उपचारपछि स्वास्थ्य सुधारमा योगले विशेष भूमिका निर्वाह गर्ने देखियो। योग अभ्यासमा हुने गतिशीलता, श्वासप्रश्वासमा विशेष जोड र ध्यानले पीडा र जलनबाट पीडितले राहत पाउँछन्। साथै, अध्यात्ममा केन्द्रित हुँदा बिरामीलाई आफ्नो अस्तित्व, पहिचान, साथीभाइ, आफन्त, परिवार र अरुसँगको सम्बन्धको अर्थ र महत्व पनि पुनःपरिभाषित गर्न सहज हुन्छ।




To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

कसरी जन्मन्छ त स्वस्थ बच्चा ? गर्भ रहनुपूर्व जान्नै पर्ने कुरा ।

सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा...

फिटनेस फर्मुलाः यसरी राखौ शरीरलाई फिट एन्ड फाइन

शारीरिक व्यायामले शरीर फिट रहन्छ र स्वस्थ्य पनि । फिजिकल फिटनेसको लागि नियमित योग र व्यायाम जरुरी हुन्छ । व्यायामले...

योग गर्नुभन्दा अगाडी ध्यान दिनै पर्ने ९ कुरा

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग...

योग चिकित्सा र यसका वैज्ञानिक आधार

नसर्ने रोगको बिगबिगी सँगै वर्तमान समयमा योग चिकित्साको महत्व बढ्दै गएको छ । सामायन्तया शरीर भाँच्नु तथा छिटोछिटो सास तान्दै...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको