नेपाल आइडलकी जज इन्दिरा जोशी सुन्दर हुनुका ५ रहस्य

बुधबार, २१ भदौ २०७४

 

शुभचिन्तकहरुले इन्दिरा जोशीलाई नेपाली ‘साकिरा’को उपमा दिएका छन् । मीठो स्वर मात्रै होइन, उनको आकर्षक ज्यानले समेत धेरैलाई भुतुक्क पारेको छ । स्टेजमा पुगेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको संख्या ठूलै छ । आकर्षक ज्यान र जोशिलो प्रस्तुतिका लागि इन्दिराले अपनाउने स्वास्थ्यसँँग सम्बन्धित केही होसियारी   बाँडेकी छन् ।

 

पानी पिउने बानी

कुराकानीमा सुरुवातमै उनले पानी मगाइन् । उनको हातबाट पानीको बोतल कुराकानीको अन्त्यसम्म टुटेन । एक घुट्को पिए पनि पाएसम्म पिइरहने बानी रहेछ । इन्दिराले भनिन्, ‘पानी त म धेरै नै पिउँछु ।’ दिनमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ । आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् । ‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ । बिहानै पानीले धोएर बाहिरी अंगमा टाँसिएको फोहोर सफा सबैले गर्छन्, खाली पेटमा पानी पिउने हो भने भित्री अंगका फोहोर पनि सफा हुन्छन्,’ उनको बुझाइ छ । उनलाई प्रिय ठान्ने  र बनाउन चाहने धेरै छन् । उनी भन्छिन्, ‘यही सुझबुझले हो कि मेरा लागि त पानी प्रिय भयो ।’

याे पनि पढ्नुहाेसः अनुहार चाउरी पर्न नदिन अति उत्तम उपायहरु यस प्रकार छन् :

 

खानपानमा होसियार

खानपानमा होसियारी अपनाउनमध्ये पार्न चाहन्छिन् आफूलाई । ‘धेरै चिल्लोचाप्लो र गुलियो खानेकुरा जिब्रोले मागे पनि मनले नखान भन्छ, जहिल्यै कन्ट्रोल गरिरहेकी हुन्छु,’ उनी भन्छिन् । उनी आफ्नो मनको कुरा सुन्छिन् । त्यसैले साथीभाइको लहलहैले ज्यानलाई हानि गर्ने खानेकुरा खान उत्साहित हुँदिनन् । खाना खाँदा उनलाई तरकारीको मात्रा अलि बढी नै चाहिन्छ । उनी सबैलाई सुझाउँछिन्, ‘भात कम तरकारी बढी खाँदा राम्रो ।’

खानपान शैली पनि उनले स्वास्थ्यवर्धक अपनाएकी छन् । उनी भन्छिन्, ‘नेपालीको खाने शैली अलि उल्टो छ ।’ विश्वका  धेरै देश घुमिसकेकी उनी खाने समय र तरिका चाहिँ पश्चिमाहरुबाट सिक्नैपर्ने बताउँछिन् । ‘हाम्रो बेलुका धेरै खाने, बिहान र दिउँसो सामान्य खाजाले काम चलाउने बानी छ । यो तरिका स्वास्थ्यका लागि वैज्ञानिक होइन,’ उनको राय छ । बेलुकी सुत्नु भन्दा कम्तीमा ३ घन्टाअघि खाने गरेको उनी बताउँछिन् । अरुलाई पनि उनको सुझाव छ, ‘सुत्नुभन्दा दुई, तीन घन्टाअघि खाने बानी बसाल्दा मोटोपनको समस्या आउँदैन ।’

नेपालको सहरी जीवन खानपानकै कारण रोगी हुँदै गएको उनको ठहर छ । ‘जंक फुड, आइसक्रिम, सेकुवाजस्ता खानेकुरा धेरै खाने तर एक्सरसाइज नगर्ने बानी धेरैको हुन्छ,’ उनले भनिन् । उनी सुगर धेरै भएका खानेकुरा धेरै खाँदिनन् । सेकुवा जस्ता खानेकुरा खाएपछि उनलाई कागती पानी पिउनैपर्छ ।

याे पनि पढ्नुहाेसः २ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

फलफूलमा रुचि

नेपालमा बस्नेले स्वस्थ र सस्तो फलफूलको महत्व नबुझेजस्तो लाग्छ उनलाई । ‘विदेशमा फलफूल उपभोग योग्य प्रमाणित भएर उपभोक्ताको हातमा आइपुग्न निकै दिन लाग्छ, हामी तुरुन्तै खान पाउँछौँ । तर यसलाई वास्ता नगरेर हानिकारक खानेकुरा खाइरहेका हुन्छौं,’ उनले भनिन् । उनी आफू खानेकुरामा फलफूलमा जोड दिन्छिन् । फलफूल पाउँदा पाउँदै पनि ‘सप्लिमेन्ट’को सहारा लिने आम नेपालीको बानी सुधार्न सुझाउँछिन् ।

 

सक्दो घरेलु उपचार

मान्छेको ज्यान न हो, जीवनशैलीमा परिवर्तन आउँदा बेलाबखत स्वास्थ्य बिग्रिन्छ नै । एलर्जी, कब्जियतजस्ता समस्याले इन्दिरालाई पनि कहिलेकाहीँ दुःख दिन्छन् । तर तिनलाई ठीक पार्न सक्दो घरेलु उपाय अपनाउँछिन् । आयुर्वेदिक चिकित्सा पद्धतिमा उनको विश्वास छ । ‘घरेलु अथवा आयुर्वेदिक उपचार पद्धतिले ढिलो ठीक पार्ला तर साइड इफेक्ट हुँदैन,’ उनले भनिन् । स्वस्थ जीवनशैलीले हालसम्म बिरामी भएर अस्पतालको दैलो देख्नु नपरेको उनले बताइन् ।

याे पनि पढ्नुहाेसः टीनएजमा हुनुहुन्छ ? पढ्नुहोस् १६ ब्युटी टिप्स

 

स्वास्थ्यका लागि संगीत

विश्वमा ‘म्युजिक थेरापी’ लोकप्रिय हुँदै गएको छ । नेपालमा त्यसलाई महसुस गर्न सकिएको छैन । तर भूकम्पपछि भने स्वास्थ्यका लागि संगीतको समेत प्रयोग भइरहेको छ । इन्दिरा  पनि भूकम्प प्रभावित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ र गोरखाको बारपाकसम्म पुगेर ‘म्युजिक थेरापी’मा सहभागी भइन् ।

युनिभर्सल पिस फेडेरेसनकी युवा शान्ति दूत समेत रहेकी उनी सोही संस्थाको आयोजनामा स्वास्थ्यका लागि संगीत सुनाउन त्यहाँ पुगेकी हुन् । गायक आनन्द कार्की समेत रहेको समूहमा शारीरिक उपचारका लागि डा. सुवास झा नेतृत्वको स्वास्थ्यकर्मीको टोली पनि सँगै थियो ।

याे पनि पढ्नुहाेसः एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यस्तो गर्नुहोस्

 

केही वर्षदेखि कम्तीमा दिन बिराएरै उनले स्टेज कार्यक्रम गरिरहेकी छन् । कति समय त बिहानदेखि बेलुकासम्मै प्रस्तुति पस्किनुपर्ने हुन्छ । स्टेजमा उनी स्वर मात्रै होइन, नृत्य पनि प्रस्तुत गर्छिन् । अनुभव सुनाउँछिन्, ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’ सानैदेखि संगीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् । त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्यवर्धक भएको उनको बुझाइ छ ।



To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग निकै उपयोगी

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन्....... ...

अन्ततः खुल्यो ब्रिटनीको सुन्दरताको राज

हलिउडकी प्रख्यात गायिका तथा नायिका ब्रिटनी स्पीयर्सको फिगर देखेर सायद तपाईंलाई पनि लाग्न सक्छ उनकै जस्तो शरीर बनाउँ । उनको...

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? तपाइले पनि यसरी घरमै अपनाउन सक्नुहुन्छ

चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। ...

सुन्दरताका लागि नीमको पात

नीम औषधिको खानी मानिन्छ । नीमले मानिसलाई रोगबाट मात्र बचाउदैन यसले छालामा पनि सुन्दरता ल्याउन मद्धत गर्छ । नीम खाँदा...

सौन्दर्य बढाउने मसला हरु यसप्रकार...

हरेक मान्छे सुन्दर बन्न चाहन्छ । बाहिरी सुन्दरता बढाउन त कृत्रिम सौन्र्दयका सामाग्री सहयोगी बन्न सक्छन् । तर, भित्रैदेखि सुन्दर...

सुन्दरताका लागि महत्वपुर्ण भिटामिनहरू

स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको