नेपाली नारी, हाम्रो नेपाल र पूर्वीय दर्शन

बिहिबार, २२ भदौ २०७४

 

हिंजोको नेपाल 
एशिया महादेश , त्यसमापनि दक्षिण र दक्षिण पूर्वी भूभागका बिभिन्न देशहरूमा रहेका जनजीवन ,संस्कृति , सामाजिक व्यवस्था र त्यसले समेटेको दर्शनलाई यो विश्वले पूर्वीय संसार / पूर्वीय सभ्यता / पूर्वीय दर्शन भनेर चिन्ने गरेको छ | यो दर्शन यही भूभागमा जन्मिएको हो ,जसले हाम्रो वैदिक र पौराणिक संस्कृतिलाई आजसम्म डोर्याएर ल्याउन सकेको छ | यो सभ्यतालाई आजको दिनसम्म हाम्रा घर आँगनमा जोगाएर राखिदिने हाम्रै नारी शक्ति हुन जो यस संस्कृति र दर्शनका मेरुदण्ड मानिन्छन | यस वृहद भौगोलिक क्षेत्रभित्र र विशेष गरी नेपालका विभिन्न प्रादेशिक भूगोलमा रहेका जातजातिहरुको समष्टिगत स्वरुपमा मिल्न गएका रितिरिवाज तथा संस्कृतिलाई जोगाउन आफ्नो अमूल्य योगदान दिने त्यो नारी शक्तिले आफ्नो परिवेश अनुसार संरक्षण गरिदिएको कारण आजको दिनमापनि पूर्वीय दर्शन, कला, साहित्य तथा चालचलनहरूलाई हाम्रो परिवारमा जोगिएर रहन सकेको छ भने यसै मुलुकको सनातन हिन्दू धर्म दर्शन भित्र हुर्किएका बौद्ध ,किरांत ,बोन ,बहर्थमान धर्मका तमाम आमाहरु जसले वेद र पौराणिक साहित्य अध्ययन नगरेपनि वैदिककालिन विदुषीहरु महर्षि गर्गकी छोरी गार्गी ,याज्ञवल्क्य कि पत्नी मैत्रेयी ,महर्षि अगस्त्य कि पत्नी लोपमूद्रा,ऋषि दीर्धतमाकि नातिनी घोषा , अदिति, जुहू, इन्द्राणी, सरमा, रात्रि, सूर्या, उर्वशी, अपाला, घोषा, गोधा, शाश्वती, रोमशा, सुलभा, विदुरा , विश्ववारा ,रोमाला, विलोमी, सावित्री, यमी, श्रद्धा, कामायनी, विश्वम्भरा, देवयानी आदि वैदिक विदुषी र ब्रह्म ज्ञानका पारखीहरुको अनुयायी बनि सनातनी हिंदू संस्कार जीवन्त राखेर आजसम्म डोर्याएका छन |

 

वेदको ऋचाहरु ब्रह्म ज्ञान नभएकाहरुले बुझ्न सक्दैनन् | वेद ज्ञान आर्जन गर्न सक्नुलाई वैदिक र पौराणिक युगले ज्ञानको चरम स्वरूप मान्ने गर्दथ्यो | त्यसकारण ऋग्वेदमा मात्र ३० ओटी ब्रह्म वादिनी ऋषिकाहरूको योगदान रहन सकेको थियो | शुरूका दिन होस् कि आजको दिन नारी सनातनी हिंदू परिवारको केन्द्र बिन्दु रहेकी छन् | हाम्रो सभ्यता र संस्कृतिको शुरुवातिकाल देखि आजसम्म नारीहरु संधै महत्वपूर्ण छन् | ऋग्वेदमा सरस्वती वाणीकी देवी भएर शास्त्र एवं कला क्षेत्रमा निपुणताको परिचायक हुन पुगेकी थिइन भने अर्द्धनारीश्वरको कल्पना स्त्री र पुरूषको समान अधिकार र संतुलित संबंधको परिचायक हुन पुगेको थियो | वैदिक कालदेखि घर गृहस्थीको सबै कामको भूमिका पत्नीहरुले सम्पादन गर्दथे भने उनीहरुको वेदक शिक्षा ग्रहण गरी आफ्ना पति संग याज्ञिक कार्यपनि गर्ने गर्दथे | गृहस्थाश्रमको सफलता नारी शक्तिमै आधरित रहेको थियो | तसर्थ महर्षि मनुले ‘मनु स्मृति’ मा -

 

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । 
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्रफलाः क्रियाः ।’’१

 

लेख्न भ्याएका थिए | उपनिषदकालमा ’’सृष्टिको सम्पूर्ण रिक्तता पूर्ति गर्ने,मानव जीवनको सर्वतोमुखी विकास गर्न नारीको भूमिका ठूलो मानिएको थियो | उपनिषद् कालमा गार्गी, मैत्रेयी निकै अगाडि लम्किएका थिए | वाचक्नवी गार्गीले शास्त्रार्थ गर्दा याज्ञवल्क्यलाई समेत आच्छु आच्छु पारेकी थिइन | उता आफ्नो स्वभावको कारणले याज्ञवल्क्य धेरै वहस नगर नत्र तिम्रो सिर पतन हुनेछ भनेर थर्काउने गर्दथे | पौराणिक साहित्यमा मदालसा, देवाहूति, शैव्या, सुनीति, भामिनी आदिको उल्लेख गरिएको पाइन्छ |रामायणमा अनुसूया , शबरी, स्वयंप्रभा आदिको नाउँ उल्लेख गरिएको देखिन्छ सीता स्वयम् विदुषी हुनुको साथ् साथ धुन विद्यामा सिद्धहस्त थिइन् | भवभूतिको उत्तररामचरितम् मा सीता मयूर नचाउन सिपालु भएको वर्णन गरिएको छ | कालिदासको अभिज्ञानशाकुन्तलम् कि शकुन्तला , महाकवि भासकि नायिका वासवदत्ता आदिपनि त्यस युगकि विदुषी मानिन्थे | लव-कुश संगसंगै आत्रेयी पढने गर्दथिन | "अनार्य" त्यतिखेरको ठूलो गाली हुने गर्दथ्यो | संस्कृत भाषा ,भाषा मात्रै होइन, संस्कृति , सभ्यता ,अध्यात्म र जीवनपद्धति हुन पुगेको थियो | हामीले यसको विराटता र वैज्ञानिकता प्रति वास्ता नगरेको कारण नेपालबाट मासिने तरखर गर्दैछ | दक्षिण एसियामा संस्कृत र संस्कृति दुब्लायो हामीले अन्धाधुन्द पश्चिमाको नक्कल गरेर , युरोप र अमेरिकाका विश्वविद्यालयहरूमा संस्कृत भाषा मोटायो श्रीमद भग्वाद गीता पहिलो पटक अंग्रेजी अनुवाद चाल्स विल्केनले सन् १७८५ मा गरिदिएर |

 

वैदिक नारीहरुलेनै पूर्वीय सभ्यताको जग राख्ने काम गरेका थिए | जंगलमै भएपनि कुटी बनाउनलाई एक आदर्श जीवन जिउन प्रेरित गरेका थिए | नेपालमा सैद्धान्तिक रूपले तिनको स्थान उच्च छ तसर्थ ती हिन्दू आदर्श अनुसार अर्धांगिनी मानिएका छन | मातृत्व प्रतिको सम्मान नेपाली समाजको विशेषता हुन पुगेको छ | यस संसारको ईश्वरीय शक्ति दुर्गा, काली, लक्ष्मी, सरस्वती आदि नारी शक्ति, धन, ज्ञान र वैभवको प्रतीक हुन पुगेकी थिइन् | त्यसैले नेपाललाई हामी नारी स्वरुपा प्राकृतिक शक्ति मानेर " नेपाल जननि वन्दे " भन्दै आफ्नो श्रद्धा प्रकट गर्ने गर्दैछौं|

आजको नेपाल 
  
आजको दिनमा हामी पश्चिमतिर मुख फर्काएर ज्ञान विज्ञानको भिख माङ्गिरहेका छौ | वैचारिक दरिद्री बोकेर भिख मांगेर खानु हाम्रो दिनचर्या हुन पुगेको छ | यस मुलुकमै जन्माएर षड् दर्शन छर्ने हाम्रा पूर्वजलाई हामी पुरै तिरस्कार गरिरहेका छौं | हिंजोको दिनमा हाम्रा पूर्खाहरुले जोगाइ दिएको इतिहाँस र त्यसलाई पुष्टि गर्ने प्रमाणलाई टाल्न हामी तल्लिन देखिन्छौ | हिंजोका र अहिलेका विश्वका महान् द्रष्टा, दार्शनिक, चिन्तक र वैज्ञानिकले नेपालतिर औंल्याएर भन्दैछन तिमी संग जे छ त्यो संगालेर राख तर हामी वेवकुफ़हरु त्यसलाई खरेटो लाएर टुकुचामा बगाउँदै छौं | हाम्रो प्राचीन साहित्यको ओजपूर्ण दर्शन ,विशेषता र त्यसद्वारा निर्देशित हाम्रो जीवन पद्धति नेपालको भौतिकवादी राजनीतिज्ञहरुको हमलामा परी रुग्ण हुन् पुगेको छ भने हाम्रा तमाम ग्रन्थहरुको महत्व घुर्यानमा मिल्काइएको अवस्थामा रहेको छ | आजको दिनमा तमाम सनातनीहरु धर्मान्तरित हुन् पुगेका छन | हामीहरु निकै ओह्रालो झरी सकेका छौं | नेपालमा चलाइएको नक्कली भौतिकवादी डढेलोले गरेको विनाशलाई निभाउने कुनै प्रयाश नागरिक स्तरबाट हुन सकेको छैन | घर डढाएर खरानी व्यापार गर्ने राजनीतिज्ञहरुले हाम्रो आत्मा , त्यो आत्माको मूल्य मापन गर्ने ह्दय र त्यसले अनुभूति गर्ने आध्यात्मिक मूल्य र सांस्कृतिक धरोहरहरु सबै डढाएर हामीलाई अर्काको मुलुकको पाले बनाउन विवश बनाएको छ | ईशाई ,मुसाई ,ईश्लाम ,चार्वाक जस्ता मूल्यहीन दर्शनहरुको चपेटामा हामीलाई पुर्याइएको छ | अनेकौँ नास्तिक , बर्बरता पूर्ण नयाँ पुस्ता जन्माउनु पर्दा हामी भौतिक प्रगतिको राग अलाप्न विवश हुन पुगेका छौ | हाम्रो जनजीवनमा संस्कृति , सभ्यता ,अध्यात्म बुझ्ने माध्यम बनि हाम्रो जीवनपद्धति हुन पुगेको संस्कृत भाषा हाम्रो पहूँचदेखि निकै टाढा पुगि सकेको छ | हाम्रो मुलुक पश्चिमाको नक्कल गर्दै हिंडेको कारण संस्कृत भाषा ,संस्कृति र संस्कार दुब्लाएको छ | आजको दिनमा हामीले यसको विराटता र वैज्ञानिकता प्रति वास्ता नगरेको कारण नेपालबाट मासिने तरखर गर्दैछ |

 

हाम्रो वास्तविकता अवस्था 
अहिले नेपालको शैक्षिक प्रणाली यान्त्रिक बनाइएको छ | यसले ह्दय शून्य शरीरहरूको उत्पादन गरिरहेको छ जसले आफ्नै मूल्यमन्यताहरुको निन्दा मात्र गर्दछ | हाम्रा छोराछोरीहरुको आत्माले हामीलाई थन्क्याउन वृद्धाश्रमको सपना देख्न थालिसकेको छ | अहिलेको शिक्षा व्यवस्थाले हाम्रो महान अतीत चिह्नाउने विषयवस्तु राख्न सकेको छैन | त्यसको अवमूल्यन गराउने विचारशून्य नक्कलहरू प्रसस्त समावेस गर्न सकेको छ | हामीले हाम्रो अध्यात्मिक र सांसारिक जग हल्लाई सकेका छौं | हाम्रो सम्पूर्ण अतीतको वैभव बुझ्न सक्ने संस्कृत भाषा हाम्रो मुलुकबाट लुप्त हुने तरखर गर्दैछ | ज्ञान प्राप्ति होइन हाम्रो सर्वनाश हाम्रै घर संघारमा उभिन पुगेको छ |हामी जरा बेगरका वशन्त ऋतुका हाँगा , पात हुन पुगेका छौं | अहिले नेपालमा धेरै अनर्थ भैसकेको छ | स्वार्थि राजनीतिले , जातिवादको भयले, हाम्रो आँगन खोस्री रहेको छ | संकीर्ण सोचले प्राचीन ज्ञानको श्रोतमा वञ्चरो हान्दैछ | पूर्वीय दर्शनले भनेको ज्ञान र विज्ञानको दोस्ती विर्सेर हामी हाम्रै अतीतको अपहेलना र निन्दा गरीरहेका छौं | हामी हाम्रो दुर्गतिको यात्रासम्म पुग्नै आँटेका छौं , किनभने हामी गणतन्त्रको अग्रगामी ह्दयशून्य राजनीतिको साक्षी रहेका छौं , जसले जडता सिकाएर केवल जडता जन्माएको छ |आजको विश्वले हामीलाई हिन्दू भनेर सम्वोधन गर्दछ , हामी सनातनी हिंदू होइनौ भन्ने अवस्थामा पुगेका छौ | उसले चिह्नेको छ त्यसैले हामीलाई हिंदू सनातनी भन्ने गर्दछ | हिंदू शब्द मानवताको सर्वोच्च स्थान हो तर अहिले आएर हामी ‘हिन्दू’ शव्द उच्चारण गर्न अनकनाउने भएका छौं | यो शब्द सुन्दा हामीलाई शर्म लाग्ने भएको छ | त्यसैले आफ्नो शिरको श्रीपेंच फुकालेर टुकुचामा बगायौं |हाम्रो भावावेश , अन्ध भौतिकता , राजनीतिक उत्तेजना र अविवेकले हाम्रो सभ्यता सकायौँ |

 

पूर्वीय धर्म दर्शन साहित्य हाम्रो अतीत थियो | यसले समेटेका विषयवस्तु हाम्रा धरोहर थिए |तर, हाम्रो आफ्नै मूर्ख्याइले अब हाम्रो पनि हो भन्नु पर्ने , बुझाउनु पर्ने र दाबी गर्नु पर्ने बेला आयो | पूर्वीय परम्पराको ज्ञान नै हाम्रो प्रथम पाठशाला हुने गर्दथ्यो | हामीले हाम्रो अतीतका स्रष्टा, ऋषिमुनि र देवीदेवतालाई तिनको क्रिडाभूमि नेपालसित जोडेर ब्याख्या गर्न सकेनौं भने हाम्रो वर्तमान र अतित दुवै सकिनेछ किनभने हाम्रो धर्म ग्रन्थ वेद आजको नेपाल र भारतमा न रचीइ प्राचिन आर्यावार्ताको भूभागको सम्पति हो | त्यसमै रचिएको थियो | ती पाणिनी, पतञ्जली, कालीदास , रामायण , महाभारत , बुद्ध ,महावीर हिन्दू धर्म, दर्शन, चिन्तन, त्यै आर्यवार्तले जन्माएको थियो | त्यसैले ती सबै कसैको एकलौटी होइन , हाम्रोपनि सम्पति हो |

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका सत्य हुन् | यही सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ , उसको...

अन्तिम आलेख - अभागी भीष्म पितामह

भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये...

पिता शब्दको अर्थ

हाम्रो पूर्वीय दर्शनले पिता शब्दलाई कसरी प्रष्ट्याएको छ - ‘पा रक्षणे’ धातुबाट ‘पिता’ शब्द बन्दछ | त्यसैले " य: पाति...

पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

पाल अधिराज्यको विशेषगरी पूर्वाञ्चलको झापा, ईलाम , पाँचथर , ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा ,...

आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

अग्रगामी छलाङ्गको उग्रनारा लाउँदै गणतन्त्रलाई संस्थागत गर्ने वहानामा जे जे मन लाग्छ त्यही त्यही गर्दै जाँदा नेपालको चारदलले नेपालीहरुको दौरा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको