१ सय २८ जनामा आँखा प्रत्यारोपण

बिहिबार, ०६ माघ २०७३

 

काठमाडौँ, ६ माघ । पशुपति आर्यघाटमा विद्युतीय शवदाह यन्त्र चालू भएयता दुई सय आँखाको नानी संकलन भएको छ । तिलगंगा आँखा बैंकले मृतकका आफन्तको सहयोगमा शवदाह यन्त्रमा शवदहन हुने लासबाट यी आँखाका नानी संकलन गरेको हो । आँ

 

खा बैकंले १ सय २८ जना दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरेको छ । शवदाह यन्त्र चालू भएको वर्ष दिनमै यतिको संख्यामा नानी संकलन हुनु राम्रो मानिएको छ । शवदाह यन्त्र गत वर्ष माघदेखि सञ्चालनमा आएको थियो । शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापा मगरका अनुसार यन्त्र चालु भएयता शवदाह गृहमा नानी संकलन केन्द्रको युनिट खडा भएपछि यन्त्रबाट शव जलाउने मात्र नभएर मृतकका परिवारजनबाट मृतकको आँखाको नानी दान गर्न रुचाउने क्रम पनि बढिरहेको छ ।

 

तिलगंगा आँखा बैकंका प्रबन्धक शङ्खनारायण त्वयनाका अनुसार आँखाको नानी दानमा देखापरेको सहभागिताले दृष्टिविहीनका लागि अब नानी प्रत्यारोपण गर्न दुई साताभन्दा बढी कुर्नु नपर्ने भएको छ । वीर अस्पताल, पाटन, पशुपतिको परम्परागत चिता, विद्युतीय शवदाह यन्त्र र मृतकको घर परिवारबाट बोलावट भई घरबाटै पनि नानी संकलन भइरहेको प्रवन्धक त्वयनाले बताए । मुलुकका विभिन्न आँखा अस्पतालबाट आँखाको नानी माग हुने गरेको बताउँदै उनले आँखा बैकंले हालसम्म ११ हजार जनामा आँखाको नानी प्रत्यारोपण गरिसकेको जानकारीे दिए । 

 

मोतिविन्दु तथा चोट पटकका कारण दृष्टि गुमाउने सम्भावना औँल्याउँदै प्रबन्धक त्वयनाले नानी दानप्रति जनचेतना बढ्दै गएको अनुभव व्यक्त गरे ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको