भारतमा स्कुल बस दुर्घटना:१३ बालबालिकाको मृत्यु, १५ गम्भीर घाइते

बिहिबार, ०६ माघ २०७३

 

माघ ६ – भारत उत्तर प्रदेशको एटास्थित स्कुल बस र ट्रक आपसमा ठोकिँदा १३ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकको पनि मृत्यु भएको हो ।

 

जेएस पब्लिक स्कुलका ६० भन्दा बढी विद्यार्थी सवार बस विहीबार बिहान तीव्र गतिमा आएको ट्रकसँग ठोकिएको हो । दुर्घटनामा १५ बालबालिका गम्भीर घाइते भएका छन् ।

 

अनलाईन पत्रिका आजतकले जनाए अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटर मार्फत दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् भने युपीका मुख्यमन्त्री अखिलेश यादवले घाइते बच्चाहरुको नि:शुल्क उपचार गर्न निर्देशन दिएका छन् ।

 

शितलहर र बाक्लो हुस्सुको कारण २० जनवरीसम्म स्कुल बन्द गर्नुपर्ने आदेशलाई अटेरी गर्दै स्कुल प्रशासनले स्कुल खुला राखेको थियो । बाक्लो हुस्सुकै कारण भिजिविलिटी कम हुँदा दुर्घटना भएको बताईएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको