मानवअंग प्रत्यारोपण केन्द्रको शिविरमा ६५१ जनाको मिर्गौला परीक्षण

आइतबार, ०९ माघ २०७३

 

स्याङजा ९ माघ । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोग र सूर्योदय कोअपरेटिभ, स्याङजा सामुदायिक रेडियो तथा सूर्योदय युवा क्लवको आयोजनामा शनिबार स्याङ्जा बजारमा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ६५१ जनाको मिर्गौला परीक्षण भएको छ ।

 

प्रत्यारोपण केन्द्रकी बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा कल्पना श्रेष्ठको नेतृत्वमा गएको चिकित्सकको टोलीले मिर्गौला परीक्षण गरेको हो । सो क्रममा ७८ जनामा मिर्गौला सम्वन्धी रोग भएको पाइएको थियो ।

 

डा श्रेष्ठका अनुसार सिविरमा आएर ५० जनाले मरणोपरान्त मिर्गौला दान दिने गरी हस्ताक्षर गरेका छन् ।

 

शिविरमा बरिष्ठ नेफ्रोलोजिष्टद्धय डा लुशान सिंह र डा सन्तोष गुरुङ सहित तीन जना मेडिकल अधिकृत, तीन जना ल्याव टेक्निसियन, तीन जना स्टाफ नर्स,साईको थेरापिष्टको सहभागी थिए । टोलीको संयोजन गौरब पन्तले गरेका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको