बिहेको त्यो पहिलो रात ! जब उनी सुक्क-सुक्क गरेर रुन थालिन – अबस्य पढ्नुस यो बास्तविक कथा !

सोमबार, २२ माघ २०७४

 

बिहेको दिन बेहुली अनमाई कार भित्र दुलही राखियो । म पनि उनीसँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए । तर उनी एकोहोरो रुदै थिईन अनि कताकता म पनि रुन बाध्य हुन्छु जस्तो लाग्दै थियो तर मेरा साथीहरूले मलाई पनि हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्को साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ ।

 

ह्या हावा कुरा नगर केटा हो भनेर कारको सिसा लगाए । ता कि साथमा भएकी जीवन संगिनीलाई कुनै असर नपरोस भनेर । मनमा एउटा सोचाई आयो साथीहरुले भनेको । के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिसहरु साच्ची नै असन्तोस हुन्छन त ? के संसारका सारा मानिस बिहे पश्चात रुनु नै परेको छ त ? झन दुबैको साथ मिले त संसार जिउन सजिलो हुन्छ भन्ने सुनेको थिए । जीवनसँगै जिउनी भनेर बाचा गरेपछि त दुबैले दुबैलाई sacrifice त गर्नु त पर्याे नि ।

 

त्यसपछि त गुरुजीले कुदाउनु भयो कार । उनी तिर हेरे उनी रोईरहेकी थिईन । उनी रोएको देखेर मलाई नै नरमाईलो लाग्यो । अगी सम्म सबैको अगाडि हासेँकी थिईन । म खुसी छु हजुरहरु नरुनु है रुन हुन्न म सधाको लागि टाढा भएकी त होइन भन्दै आफ्ना आमा बाबुलाई सम्झाएर खुसी हुँदै आएकी दुलई आमा बाबू छोपिनसाथ रुदै थिईन् । उनलाई देखेर मन कापि रहेको थियो ।

 

नचिनेको केटा पराईको घर कसरी बानिपर्ला भनेर झन भकानिएर रोएकि होलिन् । म बिस्तारै उनको छेउ सरे, उनको हात समाए र भने नरौन यार मलाई पनि रुन आईस्कयो यसरी रुनु हुदैँन मैले बेच्नै लानलाग्या त होईन नि ! अगी आमा बाबुलाई सम्झाएको गरि आफ्नो मन बुझाउ न । के गर्छाे त संसारको लिलै यस्तो हो तिम्रो आमा पनि बाबा सगँ यसरी नै आउनुभएको त हो नि भन्दै उनीभन्दा पर सरे ।

 

गर्दा गर्दा घर आईपुग्यो आमा आएर आएर कार बाट उनको हात समाउन थाल्नु भयो म पनि उनको पछि पछि हिडे । दिद र सानी बहिनी आएर एउटाले पानी र अर्काेले दियो लिएर हामीलाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पाएकी थिए र भन्दै रत्यौली घन्कीदै थियो ।

 

सबैको दुलई हेर्ने घुईचो थियो । बाहुबाजे देखिबाट चलेको रितिरिवाज रे बेहुलीले आफ्नता जनलाई ढोग गरेर साडी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चलेको रितिरिवाज हो त्यैले भनेर हुन्छ भन्छन् ।

 

मन मनमा सोच आयो गरिब दुखीलाई त छोरी पाए नि गार्हाे रहेछ छोरी पनि दिनु छ दाईजो नभई हुन्न भन्छन कति मानिस त जन्तीलाई सेवा पनि गर्ने पर्याे । कस्को बिहेमा कति दक्षिणा दिए भन्नेहरु पनि हुन्छन् । न त त्यो साडी दिएर कसैले लाउने हुन उल्टै कुरा गर्छन फलानोको बिहेमा त्यस्तो साडी दिएका बिचरा दिने मान्छेले पनि के गरून् , कति दिउन त ।

 

म उनलाई हेरिराको थिए कति थाकेकी होलिन् खुट्टा पनि ढोग्या ढोग्यै छन । कसैले भयो पर्दैन भनेन सबले खुट्टा नै अगि सारेका छन । माया लागेर मैले भनिहाले खुट्टा नढोगे हु्न्न त्यतीकैमा एकजनाको आवाज आयो आज त ढोग्न पर्छ । बल्लत ढोग्ने र सारी बाड्ने काम पनि सकियो ।

 

उनलाई टाईम लाग्ला भनेर म कोठामा गएर छिटो छिटो लुगा फेरे र उनलाई लुगा चेन्ज गर्न भनेर कोठा देखाईदिए । दिदी उनीसँगै भित्र पस्नु भयो सायद उनलाई हेल्प गर्न होला । कपडा चेन्ज गरेपछि दिदीले मलाई बोलाउनु भयो आजको दिन बुहारीको साथमै बसिराख भित्रै बसे हुन्छ हेर्न आउने भित्रै आउछन् भन्दै दिदी बाहिर निस्कनु भयो । मान्छेहरुको आवतजवात चलेकै थियो । मलाई भने मान्छेहरु कति बेला जालान जस्तो भई रह्यो ।

 

१० बजिसकेको थियो त्यतीकैमा दिदी आउनु भयो बुहारीलाई केही भन्नू छ भन्दै भोलि बिहान छिटो उठ्नु पर्छ, नुहाईधुवाई गर्नु पर्छ, सिन्दुर हालेको सेतो कपडा बिहान उठेर धुनु, अरु भोलि नै भनुला अहिले तिमीहरु सुत । दिदीले सुत भन्दा मेरो मनमा छुट्टै आन्नद आयो । सुत्ने बेला हल्का रोमेन्टिक त हुनै पर्याे भन्ने ठानेर म उसलाई जिस्काए ओई म तल भुई मै सुत्छु तिमी बेडमा नै सुत ल ? उसलाई त लाज लागेछ क्यार मुख तल पारिहालिन ।

 

उनी भित्ता तिर फर्केर सुतिन् । म एकलै के गर्नु बत्ति अफ गरिदिए अनि छेउ मा पल्टिए । उनी एकमस्त एकोहोरिएर भित्ता तर्फ नै फर्किरहिन् । उनलाई म बोलाउन खोज्थे तर सकिन । थोरै थोरै मेरा हातहरु उनको कपाल तिर लगे उनको कपाल मुसारे उनी आन्नद माने झै गरि रहिन ।

 

ओई यता फर्कन तर उनी मानिन् । पछि उनी बिस्तारै फर्किन् तर मेरा आखाँमा हेर्न सकेकी थिईनन् । सोचे एकछिन त लभ मेरिज भएको भए अहिले चुप लागेर बस्नु पर्थेन । केही न केही कुरा निस्किन्थियो जुनेली रात हुन्थ्यो । मैले उनलाई अँगालोमा बाधे निधारमा चुम्बन गरे । मैले अँगालोमा बाध्दा उनले असहज भएजस्तो गरिन् ।

 

उनी सुक्क सुक्क गरेर रुन पो थालिन् । सायद उनलाई घरको याद आयो होला मैले फेरि अँगालोमा राख्दै भने अब म तिम्रै हुँ । असहज नमान बिस्तारै सबै कुराको बानि बस्ने छ । उनी मलाई हेरेर मुस्कुराइन् । उनले अचानक आफनो हात मेरो निधारमा लगिन् र भन्न थालिन हजुरको निधार कस्तो तातो लौ ज्यान पनि तातो छ ज्वरो आएको जस्तो छ ।

 

उनी खुब आतिएकी थिईन् उनको त्यो भनाईमा नै पुर्ण रुपले माया भरिएर आएको थियो । मैले उनलाई जर्वजस्ति गर्न चाहिन ताकी उनले माया र खुसीले सुमपिएको शरीर पो मेरो लागि हकदार योग्य हुन्छ । जब उनी बहिस्कार गर्छिन् तब जर्वजस्ती गर्नु त्यो बलात्कार हो । मैले उनको मन दुखाउन चाहिन, तिमी सुत मलाई केही भएको छैन भनेर उनको केश मुसारे, उनी ओके गुडनाईट भनी सुतिन म पनि सुते ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

संघीय सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु...

के अब क्यान्सरको सहज उपचार हुनेछ ?

क्यान्सर, जो चिकित्सा विज्ञानको लागि सबैभन्दा कठिन समस्या हो । अहिलेसम्म जे-जति रोगहरु पैदा भए, ति सबैको उपचार विधि खोजिएको...

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? हाेसियार !

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? यदि हुनुहुन्छ भने विचार गर्नुहोस् फ्राइ गरिएको कुखुरा र माछाको मासुले...

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने...

Loading...