कामकाजी महिलाका लागि ब्यूटी टिप्स

शुक्रबार, १७ कार्तिक २०७४

 

कामकाजी महिलाका लागि आफ्नै लागि निकै कम समय हुन्छ । खासगरी आफ्नो स्वास्थ्य र सौन्दर्यका लागि उनीहरुले समय छुट्याउन सक्दैनन् । यस्तो अवस्थामा छिटो-छरितो प्रक्रियाले आफूलाई ‘मेन्टेन’ गर्नुपर्ने वाध्यता हुन्छ । यहाँ केहि टिप्स दिइएको छ, जो कामकाजी महिलाका लागि उपयोगी हुनसक्छ ।

 

टीशर्टको मद्दतले कपाल सुकाउने

कपाललाई हावामा सुकाउने वा ब्ल्लो ड्राई गर्ने समय छैन ? छैन भने पनि चिन्ता लिनुपर्दैन । कटन टिशर्टले आफ्नो कपाल पुछ्ने । कटन टिशर्टले तौलियाको तुलनामा छिटो कपाल सुकाउँछ ।

सीरममा मोइस्चराइजर मिलाउने

मिटिङमा जान हतार भइरहेको छ र आफ्नो ब्युटी रुटीन अनुसरण गर्नेसम्मको समय छैन ? त्यसो भए आफ्नो मोइस्चराइजरमा फाउन्डेसन र सीरमको केही थोपा मिलाएर आफ्नो क्रिम आफैं तयार गर्न सकिन्छ ।

बेबी पाउडरको मद्दतले  बाक्लो परेला

यदि नक्कली परेला लगाउनु छ भने मस्कारा लगाउनुभन्दा अगाडि आफ्नो परेलामा बेबी पाउडर लगाउनुपर्छ । फेरि मस्काराको केही कोट्स लगाएपछि परेला बाक्लो हुन्छ ।

दुर्गन्ध भगाउन बेकिङ सोडा

परफ्यूम सकियो ? आत्तिनु पर्दैन । काखीमा थोरै बेकिङ सोडा छर्कने र दुर्गन्धबाट टाढा रहन सकिन्छ । ।

बरफले हटाउने खटिरा

छालाको रातो हिस्सा, सुन्निएको, खटिरालाई शान्त गर्नका लागि छालामा वरफ रगड्नुपर्छ । यसले तुरुन्तै राहत दिन्छ । साथै यसले छालामा कसिलोपन ल्याउन पनि मद्दत पुर्‍याउँछ ।

पेट्रोलियम जेलीसँग दोस्ती

यदि सैलुनमा गएर पेडिक्यो र मेनिक्योर गर्ने समय छैन भने राति आफ्नो तथा खुट्टामा प्रशस्त पेट्रोलियम जेली लगाउनुपर्छ र मोजा लगाएर सुत्नुपर्छ । यसले छालालाई मोइस्चर दिन्छ र हात गोडा मुलायम देखिन्छन् ।

थाकेका आँखालाई ताजा बनाउन

अफिसको काम र राति अबेरसम्म नसुत्दा आँखा थाकेर फिका भएका छन् ? आँखालाई तुरुन्त तरोताजा र चम्किलो देखाउनका लागि आँखाको तल्लो वाटरलाइनरमा ह्वाइट गाजल लगाउनुपर्छ । त्यसपछि माथिल्लो परेलामा ब्राउन गाजल वा लाइनर लगाउनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको