प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे'

बिहिबार, २५ माघ २०७४

प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा-युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुन सक्छ ।

 

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहासलाई फर्केर हेर्दा एकजना रोमका सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एकजना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेको थियो । एकजना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कारण सम्राटलाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेबुअरीमा संसारमा 'भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

 

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमी प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडीसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमी-प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ ।

 

"साचो मायाँ गर्ने लाई कुनै दिवस कुर्न जरुरी छैन, यो त केवल वहाना मात्र हो । मायाँ  गर्नेहरुका लागि कुनै निश्चित समय र दिवसको आवश्यकता  पर्दैन । प्रेम शब्द आफैमा शाब्दिक छ, प्रेम हुनलाई भावनाको मेल हुन जरुरी छ । जव दुई मुटुहरु हाम्रो दवावले मिल्न सक्दैनन् उनिहरु स्वतन्त्र भई मिल्न चाहन्छन् । जव भावनाको मेल आफै हुन जान्छ तव प्रेमले पुर्णता पाउछ वास्तवमै त्यो नै साचो प्रेम हो ।"

-एस‍.के. न्याैपाने

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको