गोलभेडाको जुस पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा

शनिबार, १२ फागुन २०७४

 

काठमाडौं – गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

 

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो ।

गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।

 

ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौजनालाई गोलभेंडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो ।

यो अध्ययनले गोलभेंडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाए ।

 

यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ । गोलभेंडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको