मृगौला डायलिसिसको विकल्प बन्न सक्छ केही आयुर्वेदिक फर्मूला

सोमबार, २८ फागुन २०७४

 

मृगौला रोगीको संख्या निरन्तर बढ्दो छ । यो यति जटिल रोग हो, जसको उपचार खर्चिलो छ । झन्झटिलो पनि । अन्तिम चरणमा असंभव पनि ।

मृगौला रोग लागेपछि त्यसको चिकित्सकिय उपचार खोजिन्छ । जब मृगौलाको कार्यक्षमतामा ह्रास आउँछ वा काम गर्न सक्दैन । यस्तो अवस्थामा मृगौला डायलिसिस वा प्रत्यारोपण नै अन्तिम विकल्प हुन्छ । डायलिसिस आफैमा खर्चिलो पद्धती हो । कृतिम विधिद्वारा रगत शुद्धिकरण गर्ने प्रक्रिया नै डायलिसिस हो ।

 

यी दुबै प्रक्रिया जटिल, खर्चिलो हुन्छ ।

अक्सर मृगौलामा समस्या आउनसाथ डायलिसिसमा भर पर्नुपर्ने हुन्छ । मृगौला रोग लागिसकेपछि कतिले यसको प्राकृतिक उपचार पनि खोज्ने गरेका छन् । भलै यसको अहिलेसम्म प्रभावकारी उपचार फेला परेको छैन ।

अहिले भने मृगौला डायलिसिस आयुर्वेदिक पद्धतीमार्फत हुने भएको छ । इन्डो अमेरिका जर्नल अफ फर्मास्युटिकल रिसर्चमा प्रकासित एक शोधमा आयुर्वेदिक माध्यामबाट मृगौलाको डायलिसिस हुने दावी गरिएको छ ।

आयुर्वेदको फर्मुला अनुसार पाँच किसिमको जडिबुटीले बनाइएको औषधी ‘नीरी केएफटी’माथि यो शोध प्रकासित भएको हो । नीरी केएफटीको निर्माण गोखरु, वरुण, पत्थरपुरा, पाषणभेद तथा पुनर्नेवाबाट गरिएको हो । पुनर्नवाले मृगौलाको क्षतिग्रस्त कोशिकालाई पुर्नजीवित गरेर सक्षम बनाउँछ । त्यसैले अहिले यस किसिमको फर्मुलाको प्रयोग बढिरहेको छ ।

बनारस हिन्दु विश्वविद्यालयले आयुर्वेद विभागले पनि नीरी केएफपटीको आयुर्वेदिक फर्मुलाको प्रभावबारे गहन अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार नीरी केएफटीको प्रयोगले मृगौलाको रोगमा विषाक्त तत्व, मोटाबोलिक बाइप्रोडक्ट जस्तो केटेनिन, युरिया, प्रोटिनको मात्र तिब्र रुपमा नियन्त्रण गर्छ । साथै मृगौलाको कार्यप्रणालीमा तिब्र रुपमा सुधार ल्याउँछ । प्रोफेसर के एन द्विवेद्वीले भने अनुसार आर्युवेदको यो फर्मुला मृगौला डायलिसिसको विकल्प हुनसक्छ ।

यसबीच पांडिचेरी इन्स्िटच्युट अफ मेडिकल साइन्सेसले पनि एक सोधमा दावी गरेको थियो कि, यदि मृगौलालाई स्वस्थ्य राख्नका लागि आयुर्वेदिक फर्मुला प्रयोग गरियो भने डायलिसिस गर्नुपर्ने अवस्था नआउन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको