हाम्रो घरआँगनमा पाइने दुबो यी रोगहरुको अचुक औषधि हो

सोमबार, २८ फागुन २०७४

 

दुबो हामी दशैं, तिहारमा प्रयोग गर्छौं । तिहारमा देउसी भैलो खेल्दा दुबोको प्रसंग आउँछ । यसो भन्दै, ‘दुबो जस्तो मौलाओस् ।’

 

कुनै पूजा-पाठमा दुबो अनिवार्य मानिन्छ ।

आखिर किन दुबोलाई यति महत्व दिइएको होला ? हामीले यस विषयमा खास गंभिरतापूर्वक सोचेका छैनौं । किनभने हामीलाई लाग्छ, यो परम्परा हो । आडम्बर हो । ढोंग हो । तर, दुबोलाई हाम्रा पूर्वजहरुले त्यसै यत्तिका महत्व दिएका होइनन् । दुबोको आर्युवेदमा खास महत्व छ । यसलाई महाऔषधि मानिन्छ । दुबोले शरीरका अनेक रोग निदान गर्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा ।

दुबोको अर्को विशेषता भनेको, यो जहाँपनि सजिलै उम्रन्छ । अक्सर औषधिय गुणका बनस्पति दुर्लभ हुन्छ । तर, दुबो जताततै पाइन्छ । दुबोको यहि बिशेषताको कारण त भनिएको हो, ‘दुबो जस्तो मौलाओस् ।’

 

पोषण तत्वको भण्डार

आर्युवेदका अनुसार चमत्कारी बनस्पति दुबोलाई जुसको रुपमा समेत सेवन गर्न सकिन्छ । दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ । हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

 

कसरी सेवन गर्ने ?

त्यसो त दुबो सामान्य अवस्थामा पनि सेवन गर्दा लाभदायक हुन्छ । सफा ठाउँमा उमि्रएको दुबोलाई टिपेर पखाल्ने । त्यसलाई पिसेर रस निकाल्ने । उक्त रसमा पानी मिश्रण गरेर पिउन सकिन्छ । साथसाथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न सकिन्छ ।

आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ । दुबोको रस पातलो कपडामा छान्ने । अब सफा रसलाई आँखामा लगाउनुपर्छ । संक्रमण ठिक हुन्छ ।

दुबोलाई त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । यसको स्वाद हल्का गुलियो हुन्छ ।

साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ । उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ ।

 

कुन कुन रोगमा उपयोगी ?

दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ । साथसाथै कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ । शरीरको विकार हटाउँछ । यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ । पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ । नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।

सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

दुबोको उपयोगिता यतिमात्र छैन । यो दीर्घ रोगहरुको निदानमा पनि प्रभावकारी मानिन्छ । खासगरी मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता आदिमा दुबोको रस उपयोगी हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको