यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण

मङ्गलबार, ०६ चैत २०७४

 

एजेन्सी,  कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ ।

 

सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

 

अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ । यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर सिधै आँखाँ मुनिको भागमा पर्न जान्छ ।

 

तपार्इँ थकित हुँदा पनि यस्तो कालो धब्बा र रेखा देखिन्छ । ‘जब थाक्नुभएको छ वा कमप्युटरमा बढी समय बस्नुहुन्छ वा धुलो र धूवाँ निस्कने ठाउँमा हुनुहुन्छ भने यसले तपाईँको आँखाको छालामा चिल्चिल्याउँछ ।

 

तपाईँ बिस्तारै आँखालाई रगेट्न वा घोट्न थाल्नुहुन्छ । अनि आँखााँ धब्बा र रेखा देखिन्छ,’ उनी भन्छिन् । तपाईँलाई राम्रोसँग निद पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ । ‘अनिदै बस्दा तपार्इँको छाला खराब देखिन्छ । कालो धब्बाले आखालाई कुरुप नै बनाउँछ,’ उनी थप्छिन् । तर, कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन् ।

 

त्यसैगरी उमेर छिप्पिदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिन्छ । बुढेसकालमा आँखाको वरपर रहेका कोमल तन्तुहरु खुकुलो हुने र चिल्लोपन बिस्तारै हराउन थालेपछि पनि यस्तो धब्बा देखिन्छ । ‘बृद्धा अवस्थामा आखाँमुनिको भित्री भाग खोक्रो हुदै जान्छ, तसर्थ आँखामा प्रकाश आर्वतन हुदैन जसका कारण कालो छायाँको असर देखिन्छ,’ उनी भन्छिन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

संघीय सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु...

के अब क्यान्सरको सहज उपचार हुनेछ ?

क्यान्सर, जो चिकित्सा विज्ञानको लागि सबैभन्दा कठिन समस्या हो । अहिलेसम्म जे-जति रोगहरु पैदा भए, ति सबैको उपचार विधि खोजिएको...

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? हाेसियार !

फ्राइ चिकेन र माछा धेरै खाने गर्नुभएकाे छ ? यदि हुनुहुन्छ भने विचार गर्नुहोस् फ्राइ गरिएको कुखुरा र माछाको मासुले...

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने...

Loading...