खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ...

बुधबार, ०७ चैत २०७४

 

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो…विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो… उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो…तर केही महिना पछि पत्नीलाई छालाको रोग (skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो…

 

आँफुलाई यस्तो देखेर उसको मनमा डरले घेर्न थाल्यो कि यदि उ कुरूप भइ भने उसको पतिले उसलाइ घृणा गर्न थाल्छ र उसले उसको घृणा सहन सक्दिन… यतिकैमा एक दिन पतिलाइ कुनै काम बिशेष गाउँबाट बाहिर जान पर्यो…काम सकेर जब उ घर फर्किदै थियो, उसको accident भयो !.

 

Accident मा उसले आफ्नो दुवै आँखा गुमायो! तर त्यसपछि पनि ति दुबैको जिंदगी सामान्य तवरमा अगाडी बढ्दै रहयो… समय बित्दै गयो र चर्मरोग को कारण पत्नीको आफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिइ… उ कुरूप भइ. तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन…त्यसैले उनीहरुको खुशी विवाहित जीवनमा कुनै प्रभाव परेन …उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो… एक दिन उसको पत्नीको मृत्यु भयो…पति अब एक्लो भएको थियो…उ धेरै दु:खी थियो. उ त्यो शहर छोडेर जान चाहन्थ्यो… उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गरयो र गाउँ छोडेर जान लाग्यो… त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो,

 

“अब तिमी बिना सहारा एक्लै कसरी हिड्छो? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मदत गरेकी थिइन.”पतिले जवाब दियो, “मित्र! म अन्धो होइन… मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ… किनकी यदि मेरी पत्निलाइ थाहा हुन्थ्यो कि मैंले उसको कुरूपतालाइ देख्छु, भने उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो… त्यसैले मैंले यतिका बर्ष अन्धो भएको नाटक गरें… उनि धेरै अशल पत्नि थिइन… मैंले उनलाई खुशी राख्न चाहन्थे.” …

 

शिक्षा : खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ.. र ति कमी कमजोरीहरु लाइ नदेखे झैं गर्नु पर्दछ!


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको