कंचनपुर ३ बाट निर्वाचित मा. डा दिपक प्रकाश भट्ट का मन छुने कुरा

आइतबार, ११ चैत २०७४

 

डा.  दिपक प्रकाश भट्ट का  मन छुने  कुरा :

 

....म एक्लै हिडेर पनि आउन सक्छु मलाई पचास जना पुलिस सय जना कार्यकर्ताको घेरा चाहिदैन। मेरो पछी सय गाडी ल्याएर रोडमा धुलो उडाउनु छैन म धुलो उडाउन संसद बनेको होइन ।  सय गाडी मेरो पछाडी ल्याउन जुन खर्च लाग्छ त्यो पैसा यस क्षेत्रको बिकासमा लगाउनु पर्छ ।

 

म १८ बर्ष सम्म रोडमा धुलो उडाएरा चुनावको मुखमा ढुङ्गा हाल्ने मान्छे होइन। मैले एउटा कोठामा मेरा नामका दुई सिलन्यास लगाउनु छैन ।

म एउटा भवनको उद्घाटन गर्न चार चोटि रिबन काट्न आउदिन म केबल एमाले र माओवादीको मात्र संसद होइन। मेरा लागि सबै जनता बराबर छ्न म दुईचार जना कार्यकर्ताको भुडी भर्नको लागि मात्र गर्दिन म सम्पुर्ण क्षेत्रलाई सम्पुर्ण जनतालाई समेटेर सबैको भलो हुने गरि काम गर्छु। मलाई महाकालीको कटान समस्या थाह छ।

 

मलाई जोगबुडाको डुबानको समस्या थाह छ। मलाई शुन्दर नगरको समस्या थाह छ मलाई १ नम्बर स्याउलिबजारका समस्या थाह छन महाकाली नगरका सबै समस्या मेरा ब्यक्तिगत समस्या हुन।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको