हिन्दू युनिभर्सिटीको अध्ययन-‘संस्कृतमा बोल्ने मानिसलार्इ ब्लडप्रेसर र मधुमेह नहुने’

बुधबार, १४ चैत २०७४

 

एजेन्सी – एक अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययन अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलार्इ ब्लडप्रेसर, मधुमेह, कोलेस्टोलजस्ता रोगबाट मुक्ति मिल्छ भने संस्कृतको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुन गर्इ सकारात्मक उर्जा प्रवाह गर्न सहयोग पुर्याउँछ । तर मानिसहरु कुनै प्रसिद्ध तीर्थस्थल वा कुनै शैक्षिक संस्थाहरूको भित्तामा संस्कृत शव्दमा आँखा पर्यो भने नदेखे झैँ गर्छन । किनभने संस्कृत र हाम्रो साइनो बालककालदेखि नै टुटिसकेको छ । आधुनिक हुने नाममा हामी दिनानुदिन जति संस्कृत भाषाबाट टाढिदैं छौँ त्यति नै पाश्चात्य संसार भने संस्कृत वाङ्मयको खोजमा एकाग्र भएर लागेको छ ।

 

संस्कृतका केही रोचक तथ्यहरु पाठकहरुलाई उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ –

संस्कत सबै भाषाहरूको जननी भाषा हो भन्ने बिषयमाथि कुनै विवाद र वहसको आवश्यकता परेन । संस्कृत हिमवत्खण्डको आधिकारिक भाषा हो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो । नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासा अनुसन्धान गरिरहेको छ ।

संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा संस्कृत भाषाको शब्दकोशमा १०२ अरब ७८ करोड ५० लाख शब्दहरू छन् ।

संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हो जस्तो कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् ।

फोबर्स म्यागेजिनले जुलार्इ १९८७ को अंकमा संस्कृत भाषालार्इ कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो । अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ ।

संस्कृत मात्रै एउटा यस्तो भाषा हो जुन बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ । स्पीच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो ।

अहिले पनि भारतको कर्नाटकको मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन् ।

भारतबाट प्रकाशित पत्रिका सुधर्मा संस्कृतको पहिलो अखबार हो जुन सन् १९७० देखि प्रकाशित भएको हो भने अहिले यसको अनलाइन संस्करण पनि सुचारू भइसकेको छ ।

नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलार्इ सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थको अनर्थ लाग्ने तर संस्कृतको भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेको छ । आश्चर्यको कुरा त के छ भने कम्प्युटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेको छ, अंग्रेजीमा होइन ।

नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th र 7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा आइपुग्ने दाबी गरिएको छ । जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत भाषा पढाइन्छ ।

संस्कृतले दिमागलार्इ तेज बनाउनाका साथै स्मरणशक्ति बढाउँछ । त्यसैले लन्डन र आयरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ ।

हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको