कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

मङ्गलबार, १८ माघ २०७३

 

१८ माघ, इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।

 

लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

 

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

 

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०-२० हजारको दरले ४० हजार रुपैयाँ घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

 

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

 

source : onlinekhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको