धामीझाँक्रीको उपचारबाट क्यान्सर पिडीत महिलाको मृत्यु

मङ्गलबार, १८ माघ २०७३

 

रुकुम- क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ ।

 

जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित भएकी बुढाको आइतबार साँझ मृत्यु भएको हो ।

 

आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उनको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिए ।

 

उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गुनासो गरे ।

 

देविराम पनि अहिले प्यारालाइसिसबाट पीडित छन् । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उनका चार छोराछोरी बिचल्लीमा परेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको