अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा

बिहिबार, २९ चैत २०७४

 

वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर तयार पार्दैछन् जसले मान्छेको मनको कुरा पढ्न सक्नेछ । तपाइँले नबोलेको वा मनमनै सोँचेको कुरा पनि कम्प्युटरले सुन्न सक्नेछ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ ।

 

यस कम्प्युटर प्रणालीमा रहेको विशेष प्रविधिले मानिसको अनुहारको भाव तथा मनमा खेलाइएका शव्दहरुको प्रतिक्रिया बुझेर व्यक्तिले नबोलेका शव्दहरु समेत बोलिदिन सक्दछ ।

कसरी काम गर्दछ यो डिभाइसले ?

यस विशेष डिभाइसका बारेमा कुरा गर्दै यसका निर्माताहरुले बताएका छन् की यसमा लगाइएका इलेक्ट्रोडले व्यक्तिको अनुहार तथा बंगाराबाट प्राप्त हुने न्युरोमस्कुलर संकेतका माध्यमबाट मनका बोलिएका शव्दलाई पढ्न सक्दछ र त्यसलाई बाहिर बताइदिन्छ ।

वैज्ञानिकहरुका अनुसार मनमा सोँचिएका शव्दलाई नबोलीकन उच्चारण गर्नका लागि मानिसले आफ्नो बंगारामा चाल उत्पन्न गरेको हुन्छ । सोही चालबाट उत्पन्न संकेतलाई यस कम्प्युटर प्रणालीले पहिचान गर्दछ जुन दोश्रो मानिसको आँखाले थाहा पाउँदैन ।

यो कम्प्युटर सिस्टममा एक पहिरिनेवाला डिभाइस पनि हुन्छ । जसको माध्यमबाट शव्दको संकेत मेसिन लर्निंग सिस्टममा प्राप्त हुन्छ । यस प्रणालीलाई शव्दसँगै विशेष संकेतसँग परस्पर जोडिनका लागि प्रशिक्षित गरिएको हुन्छ ।

इन्स्िटच्यूटको मिडिया ल्याबका अधिकारीहरुका अनुसार उनीहरु उत्कृष्ट इन्टेलिजेन्स अमेन्टेसन डिभाइस बनाउन चाहन्छन् । यो यस्तो कम्प्युटिंग प्लाटर्फम हुनेछ, जसले मानिसको मनको गहिराइसम्म पुग्न सक्नेछ । यो यति नजिक हुनेछ की मानव मन र मेसिन मिलेर एक हुनेछन् अनि मानवीय अनुभुतिलाई नजिकबाट अनुभव गर्नेछन् ।

श्ोधकर्ताहरुका अनुसार हालसम्म प्राप्त परिणाम निकै उत्साहबर्धक रहेको छ र नतिजा निकै उत्कृष्ट रहेको छ । भविष्यमा मानिसको मनका कुारकानीलाई पूरै पढ्नसक्ने कम्प्युटर तयार गर्ने लक्ष्यमा सफलता हात पर्ने विश्वास उनीहरुको छ ।
-एजेन्सी

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको