यी हुन् बिपी प्रतिष्ठान धरानको उपकुलपतिका १६ दाबेदार

मङ्गलबार, १८ माघ २०७३

 

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जना डाक्टरले दरखास्त हालेका छन् । स्वास्थ्य मन्त्रालयले एक साता अघि उपकुलपतिका लागि दरखास्त माग गरेको थियो । मन्त्रालयले प्रतिष्वर्धात्मक ढंगमा योग्य र दक्ष व्यक्तिलाई उपकुलपति नियुक्ती गर्न कार्ययोजनासहित दरखास्त हाल्न भनेको थियो ।

 

मन्त्रालयको चिकित्सा सेवा महाशाखामा बढीमा १० पृष्ठको कार्ययोजनासहित १६ जनाले दरखास्त हालेका छन् ।

 

यी हुन् १६ दाबेदार

डा. गौरीशंकर शाह

डा. नीलाम्बर झा

डा. रुपा राजभण्डारी

डा. प्रह्लाद कार्की

डा. संगीता भण्डारी

डा. अरविन्दकुमार सिंह

डा. गुरुप्रसाद खनाल

डा. जगन पाण्डेय

डा. विक्रमप्रसाद श्रेष्ठ

डा. राजकुमार रौनियर

डा. विश्वनाथ यादव

डा. केशवप्रसाद सिंह

डा. रामेशराज कोइराला

डा. बलभद्रप्रसाद दास

डा. ज्ञानेन्द्र गिरी

डा. चन्द्रशेखर अग्रवाल

 

 

पाटन, कर्णाली र पोखराका लागि ३० जना, कर्णालीमा सबैभन्दा कम आकर्षण

धरानसिहत स्वास्थ्य मन्त्रालय अन्तर्गतका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका प्रतिपस्र्धी ४६ जना पुगेका छन् । यसअघि पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि ३० जनाको दरखास्त परेको थियो ।

 

प्रतिष्ठानका लागि सर्च कमिटी संयोजक स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति गगन थापा हुन्। सदस्यहरुमा स्वास्थ्य सचिव डा शेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्राडा गीताभक्त जोशी छन्।

 

समितिले दरखास्त दिने ४६ जनाले पेश गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गर्ने छ । सिफारिस गरिएकामध्येबाट प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिको अन्तिम टुंगो लगाउनेछन्।

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. आरपी बिच्छा

प्रा. गोपी अर्याल

डा. निलाम्बर झा

डा. श्रीकृष्ण श्रेष्ठ

डा. राजेन्द्र वाग्ले

डा. अनिलकुमार मिश्र

डा. ज्ञहनाथ बराल

डा. भरतकुमार यादव

डा. पारसकुमार आचार्य

डा. जयनारायण साह

डा. बुद्ध बस्नेत

डा. संगिता भण्डारी

डा. ज्ञान कायस्थ

डा. रुप राजभण्डारी सिंह

डा.श्रीकृष्ण गिरी

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. तारानाथ पौडेल

डा. बुद्धिबहादुर थापा

डा. निलाम्बर झा

डा. ज्ञहनाथ बराल

डा. कुल शर्मा

डा. डुकबहादुर क्षेत्री

डा. संगीता भण्डारी

डा. प्रदीप घिमिरे

डा. धर्मराज श्रेष्ठ

डा. रुप राजभण्डारी सिंह

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. विकास सुवेदी

डा. अमिरबाबु श्रेष्ठ

डा. राजेन्द्र वाग्ले

डा. ज्ञहनाथ बराल

डा. धर्मराज श्रेष्ठ


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको