मोरङमा ५५ लाखको औषधि खरिद

बुधबार, १९ माघ २०७३

 

निःशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ ।  आर्थिक वर्ष २०७३/७४ मा तत्कालका लागि रु तीन लाखको र बाँकी औषधि टेन्डरमार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

  कार्यालयले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी औषधि खरिदबारे जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयका निःशुुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पूरा गर्न औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रशासकीय अधिकृत चन्द्रदेव मेहताले बताए । औषधि खरिद गरेलगत्तै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधि पठाएको उनको भनाइ छ । 

 

औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थामा निःशुुल्क रुपमा बिरामीले औषधि पाइरहेको सो कार्यालयले जनाएको छ । रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको