आखिर यौन सुख नै भएन भने भौतिक सुख के का लागि ?

आइतबार, ३० बैशाख २०७५

 

म ३१ बर्षीया विवाहित महिला हुँ । मलाई मेरो श्रीमानसँगको यौन सम्वन्ध सुरुदेखि नै खासै सन्तोषजनक थिएन । विवाह गरेको दुई-तीन बर्षपछि हाम्रो यौन सम्वन्धमा झन् समस्या पैदा हुन थालेको छ । यही कारण हामी दुबै तनाबमा हुन्छौं । हामीलाई यो भौतिक सुख आखिर के का लागि, यो विवाह के का लागि ? जब हामी दुबै सुखी छैनौं भने सँगै बस्नुको के अर्थ भन्ने लाग्छ ।

 

मुख्य समस्या उहाँमा छ । खास कारण के हो भने मेरो श्रीमान अहिले ३६ को हुनुहुन्छ र छिटो स्खलित हुन थाल्नुभएको छ । यसले गर्दा मलाई दिक्क लाग्न थालेको छ । यस्तो समस्याको वारेमा कसलाई भनु जस्तो लाग्छ । शायद यही कारणले हो कि घरायसी झगडा पनि वढ्न थालेको छ । हाम्रो अहिलेसम्म सन्तान पनि छैन र यसले ममा थप पीडा र अन्यौलता थपेको छ । शीघ्रस्खलन किन हुन्छ र यसको केही उपचार छ कि ? उहाँमा सुधार आएन भने मैले डिभोर्स गर्दा के हुन्छ ? कृपया यी सबै कुरा विस्तारमा बताइदिनु भए आभारी हुनेथिएँ । -आर ए एम ए

 

मनोविद् करूणा कुँवरको जवाफः शीघ्रस्खलन कसरी हुन्छ भन्ने बारेमा भिन्न भिन्न व्यक्तिहरुका भिन्न भिन्न दृष्टिकोणहरु रहेको पाइन्छ । कसैले यसलाई अर्को सेक्सका लागि तयार हुन छिटो छिटो स्खलन हुनुपर्ने धारणाहरु व्यक्त गरेको पाइन्छ भने कसैले मनमा अशान्ति भएका कारण शीघ्रस्खलन भोगिरहेको अनुभव सुनाइरहेका हुन्छन ।

शीघ्रस्खलन कसरी हुन्छ त ? ऐतिहासिक रुपमा हेर्ने हो भने शीघ्रस्खलनको कारण मनोवैज्ञानिक मात्र हुने भनिएको छ ।  सन् १९८० यता अनुसन्धानकर्ताहरुले यसको कारण जैविक पनि हुन सक्ने बताएका छन् । विकासको दृष्टिकोणमा उल्लेख भए अनुसार सेक्स छिटो हुनुपर्छ र जति छिटो हुन्छ त्यतिनै छिटो पुन सेक्सका लागि तयार हुन सक्ने मान्यता बोकेका व्यक्तिहरुमा सिघ्र स्खलन हुन सक्ने हुन्छ ।

व्यवहारिक सिद्धान्तका अनुसार सेक्सका क्रममा कसैले देख्ने या पत्ता लागाउने डरका कारण छिटो स्खलन हुन्छ । मनोवैज्ञानिक कारण अनुसार यदि पुरुषमा कुनै चिन्ता वा नैरश्यतापना छ भने त्यसले पनि शीघ्रस्खलन गराउँछ । जस्तै सेक्सलाई कसरी स्तरीय बनाउने भन्ने चिन्ता वा शीघ्रस्खलनको समयको बारेमा सोचि रहँदा पनि शीघ्रस्खलन हुन सक्दछ । घरमा वाल्यकाल देखिनै लगातार रुपमा तनाव छ भने डरको भावना पैदा हुन्छ र त्यसले पनि शीघ्रस्खलन हुने गर्दछ । भविष्य प्रतिको धेरै चिन्ता र जिवन व्यर्थ महशुश हुदा पनि यस्तो समस्या आउँछ ।

शीघ्रस्खलनका थुप्रै जैविक कारणहरु छन । ती सिद्धान्तहरुका अनुसार छन् जसको लिङ्क वढी सम्वेदनशील छ उसको शीघ्रस्खलन हनसक्छ । ४३ जना पुरुषमा गरिएको एक अध्ययनका अनुसार हाईपरथाईराईडिजम हुने पुरुषहरुलाई शीघ्रस्खलन हुन्छ । अनुसन्धान गरिएकामध्ये ७२ प्रतिशत पुरुषहरुमा हाईपरथाईराईडिजम भएको र उनीहरुको सिघ्रस्खलन हुने गरेको पाइएको छ । राम्ररी अध्ययन नभएका कारणले तपाईमा हाईपरथाईराईडिजमका कारणले सिघ्रस्खलन भएको हो कि होइन भन्ने थाहा हुन सकेन । यसका लागि तपाईले डाक्टरसंग सम्पर्क गर्नुपर्ने हुन्छ । डायवेटिजको समस्याका कारण पनि शीघ्रस्खलन हुने हुन्छ । डायवेटिजको समस्या भएका पुरुषहरुमा गरिएको एक अध्ययनले ३५ देखि ९० प्रतिशत पुरुषहरुमा यौन उत्तेजना सम्बन्धी समस्या भएको पत्ता लागेको छ ।

शीघ्रस्खलन को समस्या धेरैजसो पुरुषहरुलाई हुने समस्या हो । पुरुषहरुले १८ देखि ५९ को उमेरभित्र एक तिहाई ले यस्तो समस्या भोग्ने गरेको अध्ययनहरुले देखाएका छन । उनीहरुका अनुसार आफ्नो यौनसाथीसँग यौन सम्पर्कलाई लम्ब्याउन चाहदा चाहँदै पनि शीघ्रस्खलन  हुने गरेको छ । यो कुनै वंशानुगत विरामी होइन । तर जसले यसको सामना गरेको हुन्छ उसलाई निकै तनाब हुन्छ र पार्टनरको छट्पटि हेर्न निकै गाह्रो हुन्छ । यसका लागि सजिला उपायहरु छन् । तिनको अभ्यास गर्नासाथ समस्या हल भैहाल्छ । समाधानका लागि मैले पहिला पनि उल्लेख केही तरिकाहरुका बारेमा उल्लेख गरेकी थिए । यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्नका लागि प्रस्तावित केही बिधिहरु पनि छन् । जस्तो कि शीघ्रस्खलन केही समय रोक्ने एउटा महत्वपूर्ण बिधि हो ।

यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ । यो विधिलाई न्युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन । यस टेक्निकमा दुवै पार्टनरको सहभागिता हुनुपर्दछ । यस बिधि अन्तर्गत लिंग उत्तेजना हुन लागेको समयमा केही  क्षण रोक्ने अनि फेरि यौन सम्पर्क गर्ने र यसलाई केही समय दोहृोयाउने गर्नुपर्छ । बढी संबेदनशील भागतर्फ भन्दा कम संबेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि सिघ्रस्खलनलाई रोक्न सकिन्छ ।

यसले लिंगको स्खलित हुने संबेदनशीलतालाई न्यून गर्छ । यसरी अभ्यास गर्दा कतिपय पुरुषहरुको सिघ्रस्खलन रोक्न सक्ने क्षमतामा विकास हुन्छ । अर्को विधिलाई स्कुईज टेक्निक भनिन्छ । यस अन्तर्गत अर्गाज्म अर्थात चरम अवस्थामा पुग्न लाग्दा पार्टनर मध्ये एक जनाले लिङ्गको टुप्पोमा समाउने र शीघ्रस्खलनलाई रोक्ने गर्नुपर्छ । यस विधिलाई पनि केही समय दोहृोयाउने अनि मात्र स्खलन गराउने गर्नुपर्छ । यी दुबैलाई सबैभन्दा प्रभावकारी बिधि मानिन्छ । कतिपय पुरुषले यसलाई प्रभावकारी भएको मानेता पनि कतिपयलाई यो प्रभाबकारी नहुन पनि सक्छ त्यसैले उनीहरुले थप उपचारको लागि सोच्नुपर्छ ।

यौन सम्पर्कको क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुबैजनालाई सन्तुष्टिको समान उचाई प्राप्त हुंदा नै स्खलनको अवस्था आउँछ । सामान्यरुपमा भन्दा दुबैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउँदैन । तर धेरैजसो केटा मानिसहरुको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ । त्यसबेला भने महिलालाई केही असन्तुष्टि महसूस हुनु स्वाभाविक पनि हो । अब तपाईले आफ्नो श्रीमानसँग खुलस्त रुपमा तपाईले महशुस गरेको समस्याको वारेमा चर्चा गर्नुहोस् र उहाँलाई सम्मानका साथ उपचारको लागि जान सल्लाह दिनुहोस् । तपाईले देखाएको सहयोगको भावनाले उहाँको चिन्तालाई कम गर्न मद्यत पुग्छ र यो समस्या छिटो समाधान हुन सक्छ ।

अहिले नै पारपाचुकेको सोच बनाउनु उत्तम होइन । पहिले समस्याको समाधानतिर जानूहोस् । खुला छलफल र त्यसका उपायको चर्चा गरेपछि त्यसले पनि काम नहुँदा मात्रै पारपाचुकेको कुरा अघि बढाउने हो । यौन नै जीवनको मुख्य कुरा पनि होइन । र, आजभोलि यौनका विभिन्न साधन भएका कारण धेरै किसिमका विकल्पहरु प्नि छन् । यौनकै कारण बैवाहिक जीवनमा समस्या आएको भने त्यसको विषयमा माथि भनिएका कुरालाई ध्यान दिनुहोला । श्रीमान् श्रीमतीमा अन्य कुरा यहि यौन समस्याबाट सुरु हुने भएकाले पनि माथिका बिकल्पमा ध्यान दिनु पर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको