महिलाको शरीरमा एस्ट्रोजिनको कमी भएमा के हुन्छ ?

मङ्गलबार, ०१ जेठ २०७५

 

महिलाको शरीरमा रहेका संवेदशनशील अंगहरूमध्ये अण्डकोष पनि एक हो । महिलाको अण्डकोषले एक विशेष किसिमको हर्मोनको उत्पादन गर्छ, जसले महिलाको शारीरिक एवं यौनिक विकास तथा प्रजनन क्षमतामा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसले महिनावारी तथा गर्भावस्थामा हुने युटेनाइनको वृद्धिलाई नियन्त्रण गर्नुका साथै कोलेस्ट्रोल तथा हड्डीको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, पनि शरीरमा एस्ट्रोजिनको कमी हुनुलाई गम्भीर समस्याको रूपमा लिइन्छ ।

 

एस्ट्रोजिन र यसको कमी 

 

सामान्यतया शरीरको अण्डकोषले एस्ट्रोजिन नामक हर्मोनको उत्पादन गर्छ । अण्डकोषमा भएको कुनै पनि समस्याका कारण एस्ट्रोजिनको कमी हुने गर्छ । शरीरमा एस्ट्रोजिनको कमी विभिन्न कारणले हुने गर्छ । आवश्यक्ता भन्दा बढी व्यायाम गर्नु, मिर्गौला सम्बन्धी गम्भीर समस्या, टर्नल सिन्ड्रोम (जसमा बालिका एउटा मात्र एक्स क्रोमोजोम लिएर जन्मने गर्छन्) का कारण पनि शरीरमा एस्ट्रोजिनको कमी हुने गर्छ ।

त्यसैगरी पिट्युटरी ग्रन्थिले राम्ररी काम नगर्नु, खानपान सम्बन्धी समस्या (इटिङ्ग डिसअर्डर) तथा अटोइम्युन डिसअर्डरका कारण पनि यो समस्या हुने गर्छ । अटोइम्युन डिसअर्डर भएमा शरीरको रोग निरोधक शक्तिले आˆनै शरीरको स्वस्थ कोषलाई असर गर्छ र यो समस्या निम्तने गर्छ ।

यो समस्याको जोखिममा प्रजनन उमेर नभएका महिला तथा महिनावारी सुक्ने अवस्थामा पुगेका महिलाहरू बढी हुने गर्छन् । यद्यपि यो समस्याबाट जुनसुकै उमेर समूहका महिला पनि प्रभावित हुन सक्दछन् । शरीरमा एस्ट्राजिनको कमी भएमा यी लक्षण देखा पर्ने गर्दछ ।

शरीरमा एस्ट्रोजिनको कमी हुनुका लक्षण

-शरीर तात्ने

-अचानक मुड बदलिने

-टाउको दुख्ने

-थकान महसुस हुने

-एकाग्रतामा समस्या

-महिनावारीमा अनियमितता

-पिसाबको नलीको संक्रमण (युटीआई)

-शारीरिक सम्पर्क गर्दा पीडा महसुस हुने

-हड्डी कमजोर हुने, भाँच्चिने

शरीरमा एस्ट्रोजिनको कमी भएमा विभिन्न समस्या देखिने गर्छ । यस्ता समस्याबारे जति चर्चा जरुरी छ, त्यति नै शरीरमा एस्ट्रोजिनको कमी हुन नदिन विभिन्न उपायहरू अवलम्बन गर्न जरुरी छ । जुन यस प्रकार छः

समय समयमा चेकजाँच गर्ने

हर्मोनसम्बन्धी समस्या हुनेहरूले सबैभन्दा पहिले चिकित्सकसित परामर्श गर्न जरुरी छ । किनभने चिकित्सकले चेकजाँच गरेपछि मात्र केके चेकजाँच गर्नुपर्छ भन्ने सल्लाह दिने गर्छन् । विशेषगरी रगतको चेकजाँचद्वारा पनि शरीरमा एस्ट्रोजिनको अवस्थाबारे थाहा पाउन सकिन्छ । चिकित्सककै सल्लाह अनुसार एस्ट्रोजिन थेरापीका साथै औषधीको सेवन गर्न सकिन्छ ।

धूमपान त्याग्ने

धूमपानले पनि शरीरमा हर्मोन सम्बन्धी गडबडी गराउने र एस्ट्रोजिनको कमी गराउने हुँदा आजैदेखि धूमपान त्याग्न जरुरी छ ।

खानपानमा सुधार 

पर्याप्त मात्रामा एस्ट्रोजिनको उत्पादनका लागि शरीरलाई सन्तुलित तथा स्वस्थकर खानेकुराको आवश्यकता पर्छ । त्यसको लागि स्वस्थ खानेकुरा खान आवश्यक छ । एस्ट्रोजिन विशेषगरी सोयाविन, तोफु लगायतका खानेकुराबाट पाइन्छ । फाइटोएस्ट्रोजिन मटरकोसा, ठूलो सिमि, क्यानबेरिज, एपि्रकोट, ब्रोकाउली, काउली, तथा अनाजहरूमा पाइने हुँदा यस्ता खानेकुराको सेवन गर्न जरुरी छ । चिनीको सेवन कम गर्नुपर्छ किनभने चिनीको अधिक मात्रा सेवन गर्नाले शरीरमा हर्मोन सम्बन्धि गडबडी हुने गर्छ ।

तौल बढाउने

तौल कम छ भने सबैभन्दा पहिले तौल बढाउन जरुरी छ । शरीरको तौल कम भएमा शरीरले राम्रोसित एस्ट्रोजिनको उत्पादन गर्न सक्दैन । जसका कारण शरीरमा विभिन्न समस्या निम्तन सक्छ ।

हर्बल टी

केही हर्वल टीमा यस्ता तत्व हुन्छ, जसले एस्ट्रोजिनको मात्रा बढाउँछ । हर्बर टीकोे पत्तालाई करिब पाँच मिनेट पानीमा डुबाएर चियाको रूपमा सेवन गर्न सकिन्छ ।  विशेषगरी, कालो चिया तथा ग्रीन टीमा फाइटोएस्ट्रोजिन पाइन्छ, जसले शरीरमा एस्ट्रोजिनको स्तर सुधार गर्न मद्दत गर्छ  ।

अर्गानिक कफीको सेवन

कफीको सेवन गर्नुपर्छ तर दिनमा चार सय मिलीग्राम भन्दा धेरै हुहुहुँदैन । विभिन्न अनुसन्धानहरूले जनाए अनुसार दिनमा दुई सय मिलिग्रामभन्दा बढी कफी पिउने महिलाहरूमा एस्ट्रोजिनको मात्रा धेरै हुने गर्छ । कफी सकेसम्म अर्गानिक भने हुनुपर्छ । अर्गानिक कफीमा कीटनाशक औषधी तथा हानिकारक फर्टिलाइजरको प्रयोग कम गरिएको हुन्छ ।

नियमित व्यायाम

विभिन्न अनुसन्धानहरूले व्यायामका कारण एस्ट्रोजिनको मात्रा घट्ने बताए पनि हल्का व्यायामले स्तन क्यान्सरको जोखिम गर्नुका साथै लामो समय बाँच्न मद्दत गर्छ । त्यसबाहेक पनि शरीरमा एस्ट्रोजिनको वृद्धि गर्ने अन्य थुप्रै उपाय छन् ।

एस्ट्रोजिन अत्यधिक भयो भने पनि शरीरमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तनसक्छन् ।

शरीरमा एस्ट्रोजिनको मात्रा उच्च भएमा देखिने समस्या

-पेट फुल्ने

-बेलाबेलामा मुडठ बद्लिने

-टाउको दुख्ने

-अनियमित महिनावारी हुने

-हात, खुट्टा चिसो हुने,

-तौल बढ्ने

-कपाल झर्ने

-आत्तिने, डर लाग्ने

-स्मरण शक्तिमा समस्या

-स्तनमा गाँठा देखिने

-यौन जीवनप्रति वितृष्णा जाग्ने

एस्ट्रोजिनको कमी गम्भीर समस्या भए पनि खासै चिन्ता गर्नु पर्ने समस्या होइन । स्वास्थ्यमा विशेष ख्याल राखेर तथा उचित उपचार गरेर यो समस्या तुरुन्तै कम गर्न सकिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको