घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने

बुधबार, ०२ जेठ २०७५

 

गर्मी महिना लागेपछि धेरै महिलाहरुको ध्यान स्विमिङ खेल्न जाने, स्लिभलेस र स्कर्ट लगाउने जस्ता हुन्छन् । स्विमसुट लगाएर पौडी खेल्न जादाँ यौनाङ वरिपरीका रौंहरु देखिएर लज्जित हुनु पर्ने डर धेरैलाई हुन्छ । यस्तै स्लिभलेस लुगा लगाउदा काखी र पाखुराको रौं देखिने, स्कर्ट लगाउदा खुट्टाको रौ देखेर कसैले धृणा महसुस गर्छन् कि भन्ने चिन्ता पनि रहन्छ । यस्ता किसिमका समस्यालाई हटाउन ब्यूटिपार्लर गएर वाक्सिङ गर्न पनि सकिन्छ । तर यो कार्य नियमित गर्नु पर्दा आर्थिक रुपमा खर्चिलो पनि हुने गर्छ भने सबै महिलाहरुले यो आर्थिक भारलाई ब्योहर्न पनि सक्दैनन् । यस्तो अवस्थामा आफैंले घरमै वाक्स बनाउन सकेमा आफुलाई लज्जित गर्न सक्ने भागका रौंहरुलाई सजलै हटाउन पनि सकिन्छ ।

वाक्सिङ किट खरिद
अहिले बजारमा महिलाहरुको यही समस्यालाई समाधान गर्न धेरै कम्पनीहरुले वाक्सिङ किटहरुलाई बजारमा ल्याएका छन् । त्यसैले राम्रो ब्राण्डको वाक्सिङ किटलाई मात्र प्रयोग गर्नु राम्रो मानिन्छ ।

वाक्स सफ्ट र हार्ड दुई किसिमको पाईन्छ । काखिको रौंहरु मुलायम हुने हुनाले यो भागको रौंहरुलाई हटाउने हो भने सफ्ट वाक्स लिनु पर्छ । यदी यौनाङ वरिपरीका रौंहरुलाई हटाउने हो भने हार्ड किसिमको लिनु पर्छ । किनकी यो भागका रौंहरु काखीको तुलनामा कडा हुने गर्छन् ।

यस्ता वाक्सहरु किन्दा आफ्नो छालालाई पनि ध्यान दिने गर्नुपर्छ । यदी छाला धेरैनै संवेदनशिल छ भने मोश्चराईजर भएको वाक्स लिनु राम्रो हुन्छ । यस्ता वाक्सको बट्टामा यसको प्रयोग विधिलाई पनि स्पष्ट रुपमा लेखिएको हुन्छ । त्यसैले प्रयोग गर्नु भन्दा अगाडी त्यसमा दिईएको निर्देशनहरुलाई राम्ररी पढ्नु राम्रो हुन्छ ।

घरमै बनाउने तरिका
यदी तपाईलाई बजारमा पाईने वाक्सहरु मन पर्दैन वा त्यस्ता वाक्सहरुले शरीरको छालामा नकारात्मक प्रभावहरु पारेको महसुस भएमा तपाईहरुले घरमै पनि वाक्स बनाउन सक्नुहुन्छ । यसका लागि २ कप चिनी, २ चम्चा कागतीको रस, २ चम्चा सुन्तलाको रस र १ चम्चा भिनेगरलाई राम्ररी मिसाउनु होस् र केही पानी हालेर उमाल्नुहोस् ।

उम्लिएपछि आगोको रापलाई केही कम गरेर चलाउदैं पकाउनुस् । यसरी पकाउदा उक्त घोल सुनौलो रंगमा परिणत हुदैंजान्छ अनि त्यो पकाएको भाडोलाई बाहिर निकाल्नुहोस् । करिव २० मिनेट सेलाउन दिएपछि त्यो मिक्चरमा चिपचिपापन बाक्लो रुपमा रहेको छ भने त्यो तयार भएको संझनुहोस् ।

ध्यान दिनु पर्ने कुराहरु
वाक्सलाई आफ्नो छालाले सहन सक्ने जति मात्र सेलाउन दिनुपर्छ । धेरै सेलाएको खण्डमा यसले चाहे जति काम गर्न सक्दैन भने धेरै तातो भएमा छालालाई पोल्ने समस्या पनि रहन्छ ।

महिनावारी भएको समयमा महिलाहरुको छाला अरु बेलाको तुलनामा केही बढी संवेदशिल हुने गर्छ । त्यसैले महिलाहरुले आफ्नो महिनावारी हुनुभन्दा ४–५ दिन अगाडी र महिनावारी भएको २–३ दिन पछि मात्र विकिनी क्षेत्र (यौनाङ वरीपरी) मा वाक्स गर्न सकिन्छ ।

विकिनी वाक्स गर्नु भन्दा अगाडी तपाईलाई योगका केही आसनहरु आउछ भने त्यो गर्नु पनि राम्रो हो । यस्ता किसिमका कसरतले शरीरका छालाहरुलाई तन्काउन मद्धत गर्छ । जसको कारण वाक्स गर्दा पिडा कम हुन्छ ।

पहिला वाक्स गर्दा बचेको वाक्सलाई पून प्रयोग गर्नु भन्दा नयाँ वाक्सवाटै वाक्सिङ गर्नु स्वास्थको दृष्टिकोणले राम्रो मानिन्छ । यदी साथीहरुसंग मिलेर वाक्सिङ गर्दै हुनुहुन्छ भने वाक्स राख्ने भाडा पनि अलग्गै गर्नु राम्रो हुन्छ ।

कसरी गर्ने वाक्स
तयार भएको वाक्सलाई आफुले हटाउन चाहेको रौं रहेको भागको थोरै भागमा लामो हुने किसिमले लगाउने । यसरी लगाउदा वाक्सले छालालाई छुने गरेर लगाउनु पर्छ । यसरी लगाएको १०–१५ सेकेण्डमा वाक्सको छेउ पट्टिवाट कोट्याएर एकै पटक तान्ने । यसरी तान्दा केही दुखेपछि उक्त भागमा बेबी आयल वा मोश्चराईजर लगाउदा छालामा दानाहरु आउदैन । यो कार्य बिस्तारै बिस्तारै गर्दै आफुले हटाउन चाहेको भागमा गर्दै जानुपर्छ ।

वाक्सिङ गरेपछि पिडा भएमा
वाक्सिङ गरेको भागमा धेरै नै पिडा भएमा टि ब्यागको पनि प्रयोग गर्न सकिन्छ । टि ब्यागलाई पानीमा उमाल्ने र त्यसलाई चिसो हुन दिने । चिसो भैसकेपछि वाक्स गरेको भागमा हल्का रगड्दा केही क्षणमै आराम हुन्छ ।

वाक्सिङ गरेर धेरै नै पिडा भएको छ भने वरफको टुक्रालाई कुनै सफा कपडाले बेरेर दुखेको भागमा हल्कासंग रगड्दा आराम हुन्छ ।

वाक्सिङ गरेर पिडा भएको अवस्थामा ध्यूकुमारीको चोपले पनि राहत दिन्छ । यसलाई पनि प्रयोग गरेर जलनको पिडालाई कम गर्न सकिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मिर्गौलामा पत्थरी : किन र कसरी हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी...

झुट खोतल्दै पोलिग्राफ मेसिन, यसले कसरी झुटो बोलेको पत्ता लगाउँछ ?

शंकास्पद एवं आरोपी व्यक्तिलाई पोलिग्राफ परीक्षण गराएर सत्यतथ्य ओकल्न लगाइन्छ । आखिर पोलिग्राफले कसरी काम गर्छ ? कसरी याे यन्त्रले...

मुटुरोगका प्रमुख लक्षणहरु यस प्रकार रहेका छन्

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुका अनगिन्ती लक्षणहरुमध्ये सबैले थाहा पाइराख्नुपर्ने केहि...

शल्यक्रियाबाट सुत्केरीः पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये...

कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा

अहिले पनि परिवार  नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण...

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ...

चिकित्सक, नर्स तथा औषधि व्यावसायी सहित २८ जनाले पाउने भए राष्ट्रपतिबाट पदक

संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित हुने भएका छन्...

युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु वालवक्र रोग केटाकेटीहरुमा भिटामिन डी को अभावले गर्दाहुने...

दृष्टि दोष के हो ? चस्माको छनोट कसरी गर्ने, चस्मा प्रयोग गर्ने ब्यक्तिले ध्यानदिनुपर्ने केहि टिप्सहरु :

दृष्टिका ती खराबीहरु, जस्को लागि चश्मा लगाउनु आम कुरा हुन । बच्चाहरुदेखी लिएर बूढाहरु सम्म चश्मा लगाउँछन् । निकट दृष्टि...

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल...

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको...

Loading...