कम्मरको कोठी.....!

बुधबार, ०२ जेठ २०७५

 

दुर्गा पंगेनी


चुच्चो परेको ढुंगाको चुचुरोमा टुसुक्क बसेकी जुनेलीको आडमा 'येमान्का' साँप्रा भएकी अर्की युवती बसेकी थिई । पुठापट्टि कहाली लाग्दो भिर छ । तल छ्वांङ्ग परेको कयरो होलाजस्तो ठाममा ढुंगाको चुचुरोमा बसेर आफ्नै कन्नापरी फर्केकी जुनेलीको अनुहार भने देखिएको छैन । किन अन्मरिएकी होली ? त्यस्तो डर लाग्दो ठाममा ..!

हाईकिंगको नाममा कति असजिलो ठाममा चढेकी ! मलाइ लड़छे कि झैं लाग्यो अनि – जुनेली “भुङ्ग होलिस” है भनेर मैले टुच्च जिस्क्याएं । के हो मुर्दार भुङ्ग भनेको.. भनेर जुनेली खितिति हांसी ! साना बच्चाहरु हिड्न नजानेर लड्नुलाइ “भुङ्ग हुनु” भन्छन .. मैले जवाफ फर्काएँ .. अनि म सानी हुँ त बाउँन ... जुनेली फेरि खित्खिताई ...!

०००००० 
धेरै दिन भएको थियो जुनेलीसंग दोहोरो संबाद नभएको । उ एसो कमेन्ट बक्समा झुल्कंछे मात्र । हुन त दिनभरिमा सामाजिक संजालमा बाक्लै उपस्थिति हुन्छ उसको तर पनि मसंग जम्काभेटको लागि भने साईत् नै पर्खनु पर्छ उस्लाई ।

साना चोटले उ मेरोमा कमेन्ट गर्न आउदिन र म पनि गई राख्दिन, साह्रै पातलियो त जुनेली हाम्रो बोलीचाली त किन हो ? मैले उसको ज्यानलाईइशारा गर्दै बैशालु छेड हानें । हाईकिंगले ज्यान पातलो बनाउने भनेको बोलचाल पनि पातलियो ! बरु अरु के के पातलो हुँदोरैछ हईकिंगले ? मैले अर्को लट सेक्सिलो लाईन मारें ..!
०००००० 
अचेल जुनेली बोल्दिन ! म पनि बोलाउदिन ..! कहिले काही प्रतिपदाको जुन झैं झुल्कीन्छे मेरो म्यासेज बक्समा उ । 'ओई यता सुन न ...'! उसले सुरुमा पठाउने म्यासेज यत्ती हुन्छ ! 'भन न...!' भनेर रिप्लाउछु म । उस्ले भन्न खोजेको कुरा आजै भन्छे या अर्को हप्ता फेरी त्यै कुरा लिएर आउछे भन्नेकुरा मैले पत्तो पाउदिन । यत्ती कुरा भनेर पन्ध्र दिन अलप भैदिन सक्ने केटी हो उ ।
०००००० 
अचेल उसको र मेरो सम्बन्ध धेरै नै अनौपचारीक छ । हजुर तपाई जस्ता संबोधनबाट सुरु भएको हाम्रो मित्रतालाई एकदिन अचानक 'तिमी' मा झारेकी जुनेली अर्को दिन फित्रीक्क 'तँ साले' मा झरी । साह्रै हेपी यार मोटीले ! म भित्रभित्रै मुर्मुरीएँ । सम्मान गर्दागर्दै मलाई तँ भन्ने ? कसरी सकेकी यार ! मुखभरीको जवाफ दिउँ झैं लाग्यो । रिप्लाई लेख्दै थिएँ मेरो कल्पनामा एउटा तरंग उठ्यो । उसले साले तँ भन्दा उसको अनुहारमा रिस थियो कि खुशी ? क्रोध थियो कि मुस्कान ? मैले के भन्दा उसले 'तँ साले' भनी ?
००००००
सोच्दा सोच्दै उसको 'तँ साले' सम्बोधन निकै प्यारो लाग्न थाल्यो मलाई । त्यसदिन उसलाई जिस्क्याउन सायद कुनै हल्का ननभेज जोकको स्क्रीन सर्ट पठाएको थिएँ मैले । उसले पचाई । म त खुशी पो हुनुपर्ने ..."तँ मोटी..!" यत्ती लेखेर म पनि खुसुक्क तँ मा झरें ।
०००००० 
आज विहान फेसबुकमा लगईन हुदा जुनेलीको म्यासेज पिलपिलाई रहेको थियो । खोलेर हेरें उही "ओई हेर न" मात्रै रहेछ ! मैले "के हेरुँ ? खोई देखा न त हेर्छु..!" रिप्लाएर फेसबुक बन्द गरें विहान पाँच बजे । आठ बजे तिर अफीसको बाटो नाप्दै गर्दा म्यासेज टुंग बज्यो "जुनेली सेन्ट यु अ फोटो" को नोटिफीकेशन देखें । के पठाई हउ मोटीले ! मैले हतार हतार म्यासेज खोलें । उसको आफ्नै फोटो थियो । कालो ब्लाउज र कालै साडीमा साडीको सप्को टाउकोतिर लगेर भित्तामा आडेस लगाएकी जुनेली कति कामुक देखीएकी थिई म शब्दमा बयान गर्न सक्तिन । अथाह प्यास भरिएका उसका आँखा पानी भेटे समुद्र नै रित्याउला झै गरेर गहिरीएका थिए । पुरै जिउ ढाकीएको तस्बिरमा कोही यती कामुक कसरी देखीन सक्छ कोही ?
०००००० 
मेरो कम्मरको कोठी देखीस ? उसले पठाएको अर्को म्यासेज मेरो एकाग्रतामा घन झैं बज्रीयो ! साँच्चै लोभ लाग्दो छ उसको कम्मरको कोठी । खै कम्मरमा पनि मेकअप गरेर कोठीलाई चम्काउछे कि क्या हो उसले । जतापट्टीबाट हेर्दा पनि उसको कोठी नै पहिला देखीन्छ। आकर्षक ठाउमा रहेको उसको कोठी जिन्स पाईन्ट लगाउदा समेत देखीन्छ । भगवानले गजपको ठाउमा कोठी दिएका छन तलाई जुनेली ! तैंले लुकाउन चाहेर पनि नलुक्ने !! म कोठीको तारीफ गर्दिन्छु ! ईस होला त ...! जुनेली मख्ख पर्छे ।
०००००० 
यत्ती मै उसको अर्को म्यासेज आयो । ओई सुन न ..! उसको "ओई हेर न" बल्ल हेर्दै थिएँ म । अव "ओई सुन न" आयो ! यो फोटो अश्लिल छ र ? हठात उसले सोधेको प्रश्नको जवाफ दिनलाई पनि मैले त्यो ज्यानमारा फोटो फेरि नियाल्नु पर्ने भो ।
०००००० 
कसले भन्यो यो फोटोलाई अश्लिल ? मैले अश्लिल नभएको प्रतिकृया दिएँ ! तर कामुक चैं छ है जुनेली ! मैले मेरो कुरा राखें । जुनेली अश्लिलता र कामुकता विचको अन्तर भन भनेर मलाई धम्क्याउन थाली । सबै किसीमका कामुकताहरु अश्लिल हुदैनन र सबै अश्लिलता रुमा कामुकता भेटीदैन जुनेली । यो तेरो फोटो कामुक छ तर अश्लिल छैन । मेरो जवाफमा जुनेली संतुष्ट हुन सकीन । हैन यो फोटो कसरी कामुक छ भनेर प्रश्नका चाङ्ग लगाउन थाली ।
००००००
शरीरको बखान र शुन्दरताको तारीफ कत्ती मन नपराउने जुनेली आज यौटा फोटाको बारेमा किन किचकीच गरिरहेकी छ ? पक्कै केही रहस्य हुनुपर्छ । मैले कुरो खोतल्ने विचार गरें । त्यत्तीकैमा फेरी उसको अर्को म्यासेज आयो । ल भन त तैंले त्यस्तो के देखीस र मेरो फोटोलाई कामुक भनिस ..!
०००००० 
अव मेरो पारो तातीसकेको थियो । तिम्रा स्तनको अग्रभागले ब्लाउज छेडुला झैं गरेका छन जुनेली ! त्यहाँ आँखा पर्ने जुनसुकै पुरुषले तिम्रो फोटोमा अश्लिलता देख्न सक्छ । साडीको सप्को र ब्लाउजको फेर विचमा देखीएको तिम्रो कम्मरको छालाको आकर्षण पनि धेरै पुरुषले धान्न सक्दैनन त्यसैले त्यो फोटोलाई अश्लिल देख्न सक्छन । अथाह प्यासको कारण खडेरीको कुवा रित्तिए झैँ गहिरिएको तिम्रो नाभी जो सुकै पुरुषलाई खुत्रुक्कै पार्न सक्ने स्वरूप धारण गरेर बिचोबिच बसेको छ त्यो नाभीलाइ अश्लिल देख्ने बग्रेल्ती पुरुष आँखा भेटिन्छन समाजमा तर मैले कामुक देखें । मैले एकै सासमा मेरो जवाफ लेखेर पठाईदिएँ ।
०००००० 
भित्रको लुगा खुम्चीएर सानों डल्लो परेको हो मुर्दार ! तेरा फुटेका आँखा !! उस्ले 'लोल' को ईमो जोडेर पठाई.. । त्यो तैंले बुझेको कुरा हो । अव यौटा पुरुषको नजरले हेर जुनेली ! पुष्ट वक्षस्थल ढाकेको ब्लाउज बाहीर लगभग केन्द्र पारेर अर्को बिबिरो उठेको हुन्छ भने त्यो लुगा खुम्चिएरै बनेको भएपनि अंगै सरहको मान्यता पाउछ पुरुष नजरबाट हेर्दा । तँ मर्निङ् वाकमा निस्कदा अग्रभागमा खुम्चिएको ट्राउजको मुजा हेरेर अनेक थरी अनुमान लगाउने नजर बग्रेल्ती भेटीन्छन बाटोमा जुनेली । यो फोटोमा स्तनको मुन्टो अनुमान गर्नु या गरीनु ठुलो कुरो भएन । पुरुष नजर दोषी हो जुनेली तेरो फोटो ठिक छ ।
०००००० 
तँ स्लिम भ'की होस ? कम्मर हेरेर त त्यस्तै लाउच मलाई ..! मैले जिस्क्याएँ । अँ यार अचेल डाईटिङ्ग गर्ने र हाईकिङ्ग जाने गरिराछु । हेल्थ कन्सियस हुन परो नी यार ..! उसको रिप्लाई आयो । ए ए डाईटिङ्ग र हाईकिङ्गले पो तलाई झन भन्दा झन च्वाँक बनाईरारैछन त केटी ... मैले बैंशालु छेड हानें ..!!
०००००० 
तँ बोका ...!
०००००० 
हो यत्ती रिप्लाएर जुनेली फेरि अलप भई !


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको...

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...

छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ...

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय...

यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ ।...

खाली पेटमा चिया पिउनु कति हानिकारक ?

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे...

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको...

आजको राशिफल

आज वि.सं. २०७५ साल मंसिर ५  गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त...

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख...

नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी...

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै...

Loading...