ब्रालाई कसरी लगाउनु राम्रो

बुधबार, ०२ जेठ २०७५

महिलाहरुले लगाउने भित्री बस्त्रहरु मध्ये उनीहरुको सर्वाधिक चासो ब्रा मै हुने गर्छ । महिलाहरुको आ–आफ्नो रुची अनुसार ब्राको ब्राण्ड देखि त्यसको स्टाइल, साईज आदीमा हुने गर्छ । सोही कुरालाई ध्यानमा राखेर ब्रा खरिद गरेपनि महिलाहरुले छनोटमा गल्ती गरिरहेका हुन्छन् । महिलाहरुले ब्रा खरिद गर्दा कस्तो किसिमको गल्तीहरु गर्छन् भन्ने बिषयमा हामी थोरै चर्चा गर्नेछौं ।

सस्तो ब्रा किन्नु:

धेरै महिलाहरुले सडक पेटीमा वा सेलमा राखेको सस्तो किसिमको ब्रा किन्ने बानी हुन्छ । ब्रा सस्तो किसिमको पाईयो भनेर मख्ख जति परेपनि गुणस्तरमा महंगो ब्रा शरीरका लागि धेरै नै राम्रो हुन्छ । गुणस्तरीयको ब्राले तपाईको स्तनलाई राम्रो सर्पोट दिनुका साथै लगाउदा आरामदायि पनि हुन्छ । यो बाहेर सस्तो किसिमको ब्रालाई एक दुई पटक धुदा यसको आकृतिमै परिवर्तन समेत आउछ भने गुणस्तरीय ब्रालाई जति पटक धोए पनि यसको बास्तविक आकारमा कुनै किसिमको परिवर्तन आउदैन ।

फिटिङ युक्त ब्रा लगाउने:

धेरै जसो महिलाहरु एउटै साईजको ब्रालाई लामो समयसम्म लगाउने गर्छन् । पुरुषको तुलनामा महिलाहरुको शरीरमा उमेर, हार्मोन र गर्भवती हुने जस्ता कारणले स्तनमा परिवर्तन आईरहेको हुन्छ । त्यसैले महिलाहरुले बेला बेलामा आफ्नो शरीरको नाप लिएर शरीरलाई अनुकुल हुने किसिमका ब्राहरु लगाउने गर्नुपर्छ ।

ब्रालाई लामो समयसम्म लगाउने:

अधिकांश महिलाहरु एक पटक लगाएको ब्रालाई अर्को नुहाउने बेलामा मात्र परिवर्तन गर्छन् । कतिपयले नुहाएर पनि पहिला लगाएकै ब्रालाई लगाउने समेत गर्छन् । स्वास्थ र सुविधाको दृष्टिकोणले यो कार्य भने अनुपयुक्त मानिन्छ । ब्राका जानकारहरुका अनुसार ब्रामा धेरै ठाउँमा इलाष्टिकहरु हुन्छन् । एउटै ब्रालाई लामो समयसम्म तन्काएर राख्न हुदैंन । यसले ब्राको स्वरुपमा परिवर्तन त ल्याउछनै साथै यो लगाउने ब्यक्तिलाई पनि स्वस्थकर हुदैंन । त्यसैले उनीहरुको मान्यता अनुसार कुनै पनि महिलाले ब्रालाई एक दिन मात्र लगाउनु राम्रो मानिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको