प्रि–डेलिभरीले यस्ता समस्या..

सोमबार, ०७ जेठ २०७५

 

कतिपय बच्चा समयअगावै जन्मने समस्या हुन्छ । जसलाई प्रि–डेलिभरी भनिन्छ । हाम्रो समाजमा त कम समयमा जन्मेको बच्चा भाग्यमानी हुन्छ भन्नेसम्मका भ्रम छन् । सत्य के भने त्यस्ता बच्चा विभिन्न रोगको जोखिममा हुन्छन् । समयअगावै बच्चा जन्मिँदा आमाको ज्यानसमेत खतरामा हुन्छ । त्यसैले गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच गरी सावधानी अपनाउन जरुरी हुन्छ ।

 

के हो प्रि–डेलिभरी ?

सामान्यतया गर्भ बसेको ३७ हप्तामा जन्मेको शिशुलाई सामान्य मानिन्छ । र, यसरी जन्मेको बच्चाको तौल २.५ केजी हुन आवश्यक हुन्छ । तर, योभन्दा कम तौल भएको बच्चा जन्मिएमा भने त्यसलाई असामान्य रूपमा लिनुपर्छ । त्यस्ता शिशुलाई बचाउनसमेत मुस्किल पर्न सक्छ । र, ३७ हप्ताभन्दा कम समयमा शिशु जन्मिएमा त्यसलाई प्रि–डेलिभरी भन्ने गरिन्छ ।

समस्या
समय नपुग्दै जन्मिएको शिशुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । त्यस्ता शिशुमा जन्डिस, मुटु, मिर्गौलासम्बन्धी समस्या, ग्लुकोजको मात्रा कम, कम तापक्रमजस्ता समस्या देखिन सक्छ । लामो समयपछि पनि यस्ता बच्चामा अन्य शारीरिक तथा मानसिक समस्या देखिन सक्छ ।

अनि प्रि–डेलिभरी

आमाको पाठेघरमा पानीको अत्यधिक कमी भएको अवस्थामा शिशु छोटो समयमा जन्मिने सम्भावना हुन्छ । गर्भवती आमाको पाठेघरमा सामान्यतया दुई लिटरसम्म पानी हुन अनिवार्य मानिन्छ ।

 

गर्भवती आमामा मधुमेह, प्रेसर, पाठेघरलगायतका समस्या भएको अवस्थामा पनि चाँडै बच्चा जन्मने दुर्घटना निम्तिन सक्छ ।

गर्भवती आमालाई प्रशस्त मात्रामा पोषिलो खानेकुरा र सन्तुलित डाइटको आवश्यकता हुन्छ । पौष्टिक आहारको प्रयोग नगर्दा पनि प्रि–डेलिभरीको सम्भावना रहन्छ ।

शिशुभन्दा साल तल भएको अवस्थामा पनि आमा र बच्चामा विभिन्न समस्या देखिन सक्छ । त्यसको एउटा जोखिम भनेको प्रि–डेलिभरी पनि हो ।

आमाको गर्भमै रहँदा शिशुमा विभिन्न रोगले आक्रमण गरेमा पनि यस्तो समस्या हुन्छ । कतिपय शिशु गर्भमै रहँदा मुटु, मिर्गौलासम्बन्धी समस्या देखिने गर्छ । यस्तो अवस्थामा समयअगावै बच्चा जन्मने समस्या हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको