डा.केसीद्वारा आन्दोलनको चेतावनी

बिहिबार, २० माघ २०७३

 

काठमाडौँ, २० माघ । डा.गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौताहरू कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै आपत्ति प्रकट गरेका छन् । 

 

उनले सहमतिका बुँदा सरकारले कार्यान्वयन नगरे फरक विकल्पसहित निर्णायक आन्दोलनमा होमिने बताएका छन् । उनले सरकारले सहमति पालना गर्नु त परै जाओस्, सहमति र सुधार अभियान प्रतिकूल हुने गतिविधिहरू गरिरहेको पनि बताएका छन् ।

 

डा.केसीले विद्यार्थी भर्ना र शुल्कसम्बन्धी चिकित्साशास्त्र अध्ययन संस्थान फ्याकल्टी बोर्डको अधिकार खोसेर त्रिविको कार्यकारी परिषद्ले लिई नाजायज चलखेल गर्ने प्रयास गरिरहेको आरोप लगाए । 

 

यसअघि मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकारसमेत संस्थानबाट खोसेर त्रिविले लिने कोसिस गरेको उनले जनाए ।

(आजको कान्तिपुर दैनिकमा समाचार छ)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको