कलात्मक रुपमा सम्भोग गर्दा हुने फाइदा

बुधबार, १६ जेठ २०७५

 

मानिसका लागि सम्भोग प्राकृतिक विषय हो । तर, अहिले पनि समाजमा यसबारे खुलेर बहस गरिँदैन । जसकारण यसबारे समाजमा विभिन्न भ्रम यथावत् छन् । कतिपयले यसका समस्याबारे खुलस्त कुरा राख्न नसक्दा विभिन्न समस्याको सिकार भइरहनुपरेको पनि धेरै उदाहरण छन् । कतिपय डिभोर्सकै अवस्थामा पनि पुगेका हुन्छन् । त्यसैले सम्भोगलाई कलाका रूपमा विकास गरी यसबाट फाइदा उठाउन जरुरी हुन्छ ।

सम्भोगका अवरोध
हालै केही महिलामाथि गरेको अनुसन्धानले पुरुषले आफ्नो यौनचाहना परिपूर्तिका लागि मात्र सम्भोग गर्ने बताएको छ । महिला सम्भोगपश्चात् पुरुषबाट अझ बढी आत्मीयता खोज्छन् तर पुरुष भने वास्ता नगर्ने सर्वेक्षणमा उल्लेख छ ।

यस्तो गतिविधिले सुखद दाम्पत्य जीवनमा आँच आउन सक्छ । त्यसैले पुरुषले पनि सम्भोगका क्रममा वा अघि–पछि महिलाको चाहनालाई पनि ध्यानमा राख्न उत्तिकै आवश्यक छ ।

महिलाहरू शारीरिक सम्पर्कपछि पनि उत्तिकै आत्मीयता खोज्छन् । चुम्बनको चाहना राख्छन् । सम्भोगका क्रममा महिलाको चाहनालाई ध्यानमा राख्दै एक–अर्कालाई आनन्द हुने गरी गर्दा अत्यन्त फलादायी हुन्छ । सम्भोगमा भावनाको कदर हुन पनि अत्यन्तै आवश्यक हुन्छ ।

पुरुष छोटो समयमै उत्तेजनामा आउने भएकाले सम्भोग पनि तुरुन्तै गर्न चाहन्छन् । तर, त्यो अवस्थासम्म महिला पूर्ण रूपमा उत्तेजनामा आइनसकेको पनि हुन सक्छ । यसको असर के हुन्छ भने पुरुष तुरुन्त स्खलित हुन्छ तर महिलामा भने सम्भोगको चाहना रहिरहन्छ । जसले गर्दा सम्भोग सुखद हुन पाउँदैन ।

फाइदा
नियमित सम्भोगले पुरुष–महिलालाई नै शारीरिक, मानसिक तथा भावनात्मक रूपमा स्वस्थ बनाउँछ । त्यस्तै, सम्भोगका क्रममा शरीरका क्यालोरी लस हुने भएकाले तौल घट्न पनि सघाउ पु-याउने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

सम्भोगले तनावलाई तुरुन्तै कम गर्न पनि मद्दत गर्छ ।

नियमित सम्भोगले मुटु स्वस्थ हुनुका साथै रक्तचाप पनि नियन्त्रणमा रहन सहयोग पुग्छ ।

रातको समय गरिएको गहन सम्भोगले गाढा निद्रामा पु-याउँछ ।

खासगरी महिनावारी पूरा भएको दिनदेखि एक हप्तासम्म महिलामा बढी सम्भोगको चाहना हुन्छ । किनकि, यस्तो अवस्थामा महिलामा यौनसम्बन्धी हर्मोन बढी सक्रिय हुन्छन् । यस्तो अवस्थामा श्रीमान्–श्रीमतीबीचको शारीरिक सम्बन्ध सुखद हुन्छ ।

 

यसकारण कमजोर इच्छाशक्ति
अत्यधिक तनाव, बढी मद्यपानले यौन उत्तेजनामा कमी ल्याउने काम गर्छ ।

त्यस्तै, ४० वर्ष उमेरपछि पुरुषमा टेस्टोस्टेरोन हर्मोनको कमी हुँदै जान्छ । यस्तो हर्मोनको कमीले थकान, तनाव, अनिद्रा, सम्भोगको इच्छामा कमी ल्याउने काम गर्छ । जसकारण यौन सन्तुष्टिमा पनि कमी हुन जान्छ ।

शीघ्र पतनको समस्या धेरैले बेहोरिरहेका हुन्छन् । विशेषगरी, आत्मविश्वासको कमीले गर्दा यस्तो समस्या निम्तिने गर्छ । यसबाट बच्न महिला–पुरुषको आत्मीयता, प्रेम र सम्भोगप्रति आत्मविश्वास हुन जरुरी हुन्छ ।

अत्यधिक औषधि सेवन, रोग, मूत्रनलीसम्बन्धी समस्या, मानसिक समस्याले पनि यौन उत्तेजनामा कमी ल्याउने गर्छ । कतिपय पुरुषमा लिंगको मांसपेशी कमजोर हुँदा पनि उत्तेजनामा कमी आउन सक्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको