संखुवासभाको खाँदबारीमा पेस्तोल सहित एक जना पक्राउ

बिहिबार, ३१ जेठ २०७५

 

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्ग बसपार्क नजिकैबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिलिचोङ्ग गाउँपालिका–५ वातेम्बा स्थायी घरभई हाल खाँदबारी नगरपालिका–३ मंगलादेवीथान बस्ने ३५ बर्षीय केदार राई रहेका छन् ।

 

उनी गएराति १ बजे को ३१ प ९५४४ नम्बरको १५३ सिसिको मोटरसाईकल चढी सदरमुकाम खाँदबारी तर्फ आउँदै गर्दा बसपार्कमा रहेको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, दुई थान म्याग्जिन र १४ राउण्ड गोली सहित पक्राउ परेका हुन् ।

 

उक्त नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले बताए । गत मंगलबार राती मात्रै अरुण–३ कार्यालय परिसरमा बम बिस्फोट भएपछि संखुवासभामा चेकजाँच कडा पारिएको छ । जिल्लाको संवेदनशिल ठाउँ र नाकाहरुमा नेपाल प्रहरी र सशस्त्रको गस्ती टोली समेत ब्यापक रुपमा परिचालन गरिएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको