के तपाई कुनै सनातनी/हिन्दू को मृत्युमा RIP लेख्ने गर्नु भएको छ ?

मङ्गलबार, ०५ असार २०७५



पश्चिमा संस्कृतिको अनुकरण मै आफुलाई आधुनिक सम्झने आजकालको कू-चलनको हद तब नाघ्दछ जब कुनै कुनै शब्दको उचित ज्ञान बिना नै त्यसको अन्धो नक्कल मृतात्मामाथि पनि हुन जान्छ ।

 

श्रद्धान्जलि शब्द RIP(Rest in peace) अर्थात "शान्तिसंग बिश्राम गर"को प्रयोग सनातन धर्म निर्दैशित परलोक शिद्धान्त बिपरित भएकोले (अर्थात बिदेशी धर्मको परलोक शिद्धान्त अनुरुप भएकोले) कुनै सनातन हिन्दु धर्मावलम्बिको मृत्यु भएमा यस्ता आयातित शब्दको श्रद्धान्जलि शब्दको रुपमा हचुवाको भरमा प्रयोग गर्नु  मुर्खता, अज्ञानता, आफुलाई मिथ्था आधुनिक देखाउन बिदेशी चलनको अन्धो सिखो, आफ्नो संस्कृति/धर्म प्रतिको अज्ञानता हो।

 

अब्राहमिक धर्म(ईसाइ, इस्लाम, यहुदि) शिद्धान्त अनुशार मनुष्य, मृत्यु पश्चात कुनै निश्चित दिनसम्म सुत्दछ जब ईश्वरबाट त्यस मृतात्मालाई ब्युझाईन्छ र त्यसको पाप/पुण्य कर्मानुशार सधैको लागि स्वर्गलोक वा नर्कलोक पठाइन्छ। यसरी पुनरुथ्थानको लागि न्यायको दिन(The judgement day) नभएसम्म त्यस मृतात्मा लामो समयसम्म सुत्दछ, तसर्थ अब्राहमिक धर्म अनुशरण गर्ने ब्यक्तिको मृत्यु भएमा श्रद्धान्जलि शब्द RIP(Rest in peace) अर्थात न्यायको दिन नआएसम्म कब्रिस्तान मै "शान्तिसंग बिश्राम गर" भनि श्रद्धान्जलि अर्पण गरिन्छ।

 

तर सनातन धर्म शिद्धान्त अनुशार मनुष्यको मृत्यु पश्चात त्यसको कर्मानुशार बिभिन्न गति हुन्छ। पापी, दुष्ट, नराधम(अधर्मी) को तुरुन्तै नरकलोक गमन हुन्छ। तमोगुणी मनुष्यको निम्न योनि(किट-पतंग, पशु-पंक्षी)मा गमन हुन्छ। रजो गुणी मनुष्य पुन: मनुष्यकै योनिमा जान्छ। सतोगुणी मनुष्यले देबशरीर प्राप्त गरी स्वर्गलोक गमन गर्दछ भने गुणातीत श्रीकृष्ण भक्त यस मृत्युलोकमा कहिल्यै पनि नफर्कने गरी गोलोक गमन गर्दछ र श्रीकृष्ण सेवामै निरन्तर लागि रहन्छ। अब यहाँ मृतात्मालाई सम्बोधन गरिने आयातित श्रद्धान्जलि शब्द RIP अर्थात "शान्तिसंग बिश्राम गर"को के औचित्य? मृतात्माले कहाँ चाहि बिश्राम गर्यो अथवा गर्ला की तपाई बिश्राम गर भन्दै हुनुहुन्छ?

 

तसर्थ सनातन हिन्दु धर्मावलम्बिको मृत्युमा श्रद्धान्जलि शब्द RIP(Rest in peace) कहिल्यै प्रयोग नगरौं, "हार्दिक श्रद्धान्जलि वा बैकुण्ठ बास भए वा स्वर्गलोक-बासि भए वा शिबलोक-बासि भए वा गोलोक-बासि भए" जस्ता शास्त्रोचित शब्दको प्रयोग गरौं, आफ्नो धर्म/संस्कृति बुझौ र अनुरुप व्यबहार गरौं।

हरे कृष्ण …


Source: Hindu Facebook Page

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको